सरकारको महत्वाकांक्षी आयोजनामा भित्र पर्छ कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना, राजापुर । तर, सरकारले अर्बौं खर्च गरेको आयोजनाको ड्याम भत्काउँदा राजापुरबासी र सुरक्षाकर्मीले श्रमदान गरेर बस्ती बचाउन बाध्य छन् । एक सातादेखि स्थानीय निरन्तर बोरा र तारजाली लिएर खटिरहेका छन् भने आयोजना प्रमुख धर्म न्यौपाने लामो समयदेखि कार्यालयमा आएका छैनन् ।
बुधबार कर्णाली नदीले कटान गरेको स्थलगत अनुगमनमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहले नदी कटानले निम्त्याईरहेको जोखिमको बारेमा आयोजना प्रमुख धर्म न्यौपानेसँग जिज्ञाशा राख्दा नदी कटानका बारेमा अनभिज्ञता प्रकट गरे । ‘म आज(बुधबार) आएर सबै कुरा बुझदैछू,अब आयोजनाले केहि गर्न सक्दैन जनश्रमदान गर्नु पर्छ जस्तो लाग्छ,’ न्यौपानेले भने, ‘लाईलनको बोरा त आयोजनाले उपलब्ध गराएको छ ।’ दुई साताअघिदेखि कर्णाली नदीले तीव्र कटान सुरु गर्न थालेपछि राजापुरबासी रातभर जाग्राम बसिरहेका छन् ।
सरकारी लगानीमा निर्माण भएका लन्चिङ, स्पट, स्पर र ड्याम तटबन्धको आयू २५ वर्ष हो । नदीमा बाढी नआएको सामान्य अवस्थामा लन्चिङ, स्पट, स्पर र ड्यामसहितको तटबन्ध ५० वर्षको टिक्ने प्राबिधिकको दाबी गर्छन । तर, सरकारको प्राथामिकतामा परेको आयोजनाको काम गुणस्तरहीन भएको पुष्टि भएको छ । निर्माण भएको तीन वर्ष नबित्दै तटबन्ध कतिपय ठाउँमा भत्काएको छ भने कतिपय ठाउँमा तटबन्ध बगाईसकेको छ ।
यसअघि आयोजना प्रमुख जिम्मेवारी सम्हालेका न्यौपाने दुई वर्ष कर्णाली आयोजनामा कार्यरत थिए । त्यतिबेला आयोजनाको काम सत्ता धारी नेताको संरक्षण उपभोक्ता मार्फत काम गराउन थालेको उनको चर्को आलोचना भएको थियो । राजानीतिक संरक्षण पुनःसरुवा भएर आएका आयोजना प्रमुख न्यौपानेको लापरबाहीका कारण राजापुर क्षेत्रमा कर्णाली नदी बस्ती पस्ने खतरा बढेको स्थानीयको आरोप छ ।
सरकारको प्रथामिकतामा परेको कर्णाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको तटबन्ध भत्काएको छ । एक साताभित्रमा तिघ्रामा निर्माण भएको तटबन्धको तीन सय मिटर ड्याम बगाएको हो । एक मिटर भत्काएपछि नदी जताबाट पनि बस्ती पसेर जनधनको क्षति गर्ने निश्चित छ । आयोजनाको लापरबाहीले सरकारको प्राथमिकतामा परेको आयोजनाले निर्माण गरेको तटबन्ध अर्बो लागानी खेर गएकोे छ ।
माघको दोस्रो साता आयोजनाले निर्माण गरेको तटबन्धको तत्कालिन गृह सचिव प्रेम राईले अनुगमन गरेका थिए । बजेट अभावमा काम नभएको प्राबिधिकले गृह सचिव राईलाई ब्रिफिङ गरेका थिए । हिउँदमा नै ड्याम भत्काउने खतरा बढेपछि थप जोखिम नियन्त्रणका लागि थप अर्थ मन्त्रालयले ४५ करोड बजेट बिनियोजन भएको थियो । पछिल्लो पटक बिनियोजित बजेट पनि आफूखुसी टेन्डर आह्वानले बाढी रोक्न बेनेको पूर्वाधार संरक्षण नभएको एक प्राबिधिकले बताए ।
बाढीको जोखिम ठहर गर्दे दैबिक प्रकोप व्यवस्थापन समितिले तत्कालका लागि तटबन्ध संरक्षण र राजापुर क्षेत्रमा बाढी रोकथामका लागि काम गर्ने निर्णय गरेको छ । सर्वसाधारणको सुरक्षाका लागि स्काभेटर, जेसिबि र बोरा बाधेर गर्ने तटबन्ध गर्ने काम आयोजना र राजापुर नगरपालिकाले खर्च गर्ने निर्णय भएको छ ।
आयोजनाले आर्थिक वर्षमा ०७१/०७२ र ०७२/०७३ मा १ अर्बको तटबन्ध निर्माण गरेको थियो । यस्तै आर्थिक वर्ष ०७३/०७४ २६ करोड ५३,०७४/०७५ ३४ करोड २१ लाख, ०७५/०७६ २५ करोड ९५ लाख, र ०७६/०७७ १४ करोड तटबन्धमा खर्च भईसकेको रर्कडमा देखिन्छ ।
प्राबिधिकका अनुसार लन्चिङमा बालुवा थुप्रिएपछि नदीको बहाव अर्को तर्फ मोड्ने गरी तटबन्ध निर्माण गरिएको हुन्छ । तर, लन्चिङ नै बगाएपछि स्पट, स्पर र ड्याम बगाउन सहज भएको हो ।
नदीको सामान्य बहावमा कर्णाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेका तटबन्ध बगाउन थालेपछि निर्माण भएका तटबन्ध गुणस्तरहीन भएको पुष्टि भएको छ । निर्माण सम्पन्न भएका तटबन्ध भत्कन थालेपछि राजापुर क्षेत्र बाढीको जोखिममा परेको छ । तटबन्धमा प्रयोग भएको जाली र ढुंगाको साईज नमिल्दा प्राबिधिक हिसावले तटबन्ध कमसल खालको मानिन्छ । कर्णाली आयोजनाले मापदण्ड विपरीत गरेको तटबन्ध निर्माणले नदीले बगाएको हुन सक्ने स्थानीयको आरोप छ ।
पाँच वर्षमा ७३ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्यका साथ २०७१ सालमा फागुनमा कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापना भएको हो । देशकै अन्नभण्डार रुपमा परिचित राजापुर सुरक्षित गर्ने उद्देश्यले स्थापना भएको आयोजनाले अहिले सम्म १७ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गरिसकेको छ । पाँच किलोमिटर तटबन्ध पूर्ण क्षतिग्रस्त छ । कागजमा १५ मिटर लचिङ ६ फिट अग्लो स्पट र १४ मिटर स्पर र ड्यामसहित कर्णाली नदी नियन्त्रण आयोजना तटबन्ध गरेको उल्लेख छ ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बसोबास गर्ने ३ लाख सर्वसाधरणको सुरक्षा गर्ने उद्देश्यले स्थापना भएको आयोजना निर्माण गरेको तटबन्ध भत्किन थालेको नगर प्रमुख शिव चौधरीले बताए । ‘राजापुर क्षेत्रको सुरक्षाका स्थापित आयोजना होे’उनले भने‘निर्माण सम्पन्न भईसकेका तटबन्ध भत्किदा राजापुर क्षेत्र बाढीको जोखिममा छ ।’
चारैतिर कर्णाली नदीले घेरेको राजापुर क्षेत्र अन्न उत्पादन हुने हुँदा प्रसिद्धि कमाएको क्षेत्र हो । राजापुर खेती योग्य जमिनबाट एक सिजनमा ८ लाख क्विन्टल धान उत्पादन हुने गरेको कृषि कार्यालयमा तथ्यांक छ । तटबन्धन निर्माणले सिजनमा उत्पादकत्व बढ्ने दाबी गरेको आयोजनाको काम प्रति स्थानीय स्थानीयको आक्रोष बढ्दै गएको छ । नदीको पानी क्यानल मार्फत बाहिर जाने र डुबानमा परेका जमिनको पानी नदी आउने गरी क्यानलन निर्माण गरेर खेती योग्य जग्गा सुरक्षा गर्न आयोजना स्थापना भएको हो ।
आयोजनामा कमिशनको खेल
गत साउन ४ गते अख्तियार अनुसन्धान आयोगले तीन जना ईन्जिनियरलाई १५ लाख घुससहित रंगेहात पक्राउ घटनाले आयोजना कमिशनको खेल हुने गरेको पुष्टि गरेको छ । उपभोक्ताको काममा घुस लिने क्रममा ईन्जिनियर बिशेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला, हरिप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई १५ लाख घुससहित आयोगले नियन्त्रणमा लिएको थियो । नियन्त्रण लिएका तीन ईन्जिनियरलाई आयोगले अनुसन्धान गरिरहेको छ । आयोजना सवारी साधन सत्ताधारी नेतालाई रिझाउनका लागि सकारी गाडी दुरुयोग गर्ने गरेको आयोजना प्रमुख न्यौपानेमाथि आरोप छ ।
प्रकाशित: २८ श्रावण २०७७ ११:३६ बुधबार