coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोना कहरः रोल्पामा आईएमई बैंक र मालपोत बन्द

रोल्पाको ग्लोबल आईएमई बैंक । तस्बिर: दिनेश/नागरिक

देशैभर कोरोनाको त्रास फैलिरहदा रोल्पामा ग्लोबल आईएमई बैंक र मालपोत कार्यालय बन्द गरिएको छ । नेपालगञ्जबाट सरुवा भएर आएका ग्लोबल आईएमई बैंकका दुईजना कर्मचारीका कारणले बैंक बन्द गरिएको हो । नेपालगञ्ज ग्लोबल आईएमई बैंकमा कार्यरत दर्जन बढि कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँबाट भर्खरै सरुवा भएर आएका कर्मचारीहरु पनि शंकास्पद हुने भन्दै बैंक बन्द गर्नु परेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए ।

प्रमुख जिल्ला अधिकारी रानाका अनुसार बैंक र मालपोतका सेवा प्रवाह बन्द गर्दै त्यहाँ कार्यरत सबै कर्मचारीहरुलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ । नेपालगञ्जबाट सरुवा भएर रोल्पा आएका बैंकका कर्मचारीहरुले गत आईतबारदेखि कार्यालयमा काम सुरु गरेका थिए । बैंकका प्रबन्धक प्रबिण आचार्यका अनुसार ‘हामि कर्मचारी सबै होम क्वारेन्टिनमा छौ । बाहिरबाट आएका स्टाफको पिसिआर रिपोर्ट आएपछि सेवा संचालन हुने छ ।’

ग्लोबल आईएमई बैंकका एक जना कर्मचारी मालपोतको काउन्टरमा बस्ने भएका कारण मालपोतको सेवा प्रवाह पनि बन्द गरिएको हो ।

प्रकाशित: २८ श्रावण २०७७ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App