७ वैशाख २०८१ शुक्रबार
अर्थ

एकैदिन सुनको मूल्यमा घट्यो ६ हजार २ सय

नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार २ सय रुपैयाँले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला २ सय २५ रुपैयाँले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ पुगेको थियो । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको  उनको भनाइ थियो ।

प्रकाशित: २८ श्रावण २०७७ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App