१६ चैत्र २०८० शुक्रबार
अर्थ

तिला नदीको बहावले खेतियोग्य जमिन बगायो

जुम्लामा अविरल बर्षासंगै बढेको तिला नदीको बहावले मार्सीधान लगाएको खेतियोग्य जमिनमा क्षति पुगेको छ।  जिल्लाको तिला नदी र हिमा नदी आसपासमा लगाएका मार्सीधानमा क्षेति पु¥याएको हो। अत्याधिक पानी पर्दा कर्णालीको सहायक नदी तिलाको वहावले मार्सीधान रोपिएका खेतहरु पुरिएका छन्। मार्सीधान लगाएको खेतमा अहिले बालुवा र माटो थुप्रिएको छ। कतिपय स्थानमा नदिले कटान गरेर जग्गा नै बगाएर लगेको छ।

जिल्लाको श्रीढुस्का, तलिउम, लाम्रा, तातोपानी, बाईराका, त्रिवेणी लगायतका क्षेत्रमा रोपिएको मार्सीधानमा पानीको बहाव अत्याधिक बढेपछि मार्सीधान रोपिएको खेतमा ठूलो क्षेति पुगेको स्थानीय बताउँछन्। पानीको बहावले खेत नै नदि बनाएपछि स्थानीयले निकै चिन्तित छन। सो क्षेत्रमा अहिले सयौ बिगा मार्सीधान रोपिएका खेतहरु पानीले डुबाएपछि किसानलाई ठूलो क्षेति पु¥याएको हो।

स्थानीय किसान कलीबहादुर रावत बर्षाले मानवीय क्षेति गर्न नसकेपनि खेतियोग्य जमिन कटान देखि लगाएको बाली पुर्ने सम्मको कार्य भइरहदा निकै समस्या भइरहेको बताउँछन्। तातोपानी गाउँपालिका वडा नं १ निवासी रामचन्द्र सार्कीले आफ्नो भएको एक दुई खेत पुरै पानीले डुवाएको बताए। लगाएको बाली त क्षेतिनै हुने भयो तर खेत पनि नदि बनेको छ,उनले भने, ‘खेतमा लगाएको अन्नबाली सबै बगाउदा कसरी छाक टार्ने भन्ने चिन्ताले पिरोल्न थालिसकेको छ। ’

  गाउँका एकसय पचाँस घरधुरीका धेरै खेतहरु पानीमा डुबेका छन्।  चन्दननाथ नगरपालिकाको ज्ञान कुञ्ज माध्यामिक विद्यालय श्री ढुस्का पनि डुवानमा परेको छ। तातोपानी गाउँपालिकाले लाम्रामा बनाईरहेको रंगशाला क्षेत्र पनि डुबान छ।  

 तातोपानीको बाईराकामा रहेको सोलार सिप्ट सिचाई पनि डुबेको अवस्था छ। तिला नदि  वारपारका घट्ट , मन्दिरहरु, काठे साँघुहरु नदीको बहावले बगाएको छ। जसले गर्दा आवतजावतमा निकै कठिन भइरहेको स्थानीय बताउँछन्। अर्कोतिर प्रर्याप्त मात्रामा बगाएर लिएका काठ र दाउँरा टिप्न स्थानीयहरु नदीकोे छेउमा दुई दिनदेखि व्यस्त देखिन्छन्।यता सिंजा क्षेत्रमा समेत विभिन्न स्थानमा नदिको छेउमा रोपिएका खेतहरुमा समेत डुवान भएको छ। कनकासुरी गाउँपालिकाको न्याउरीघाटमा सडक निर्माणका लागि सामग्रीहरु समेत नदीले बगाएको छ।  

जथाभावी नदि क्षेत्रमा गिट्टी, बालुवा निकालिएका क्षेत्रमा झन बढि डुवान र कटान भएको छ। जिल्लाको श्री ढुस्का, त्रिवेणी, लुमसेरा, राकाँ क्षेत्रमा बढि डुबान र कटान भएको छ। जथाभावी रुपमा डोजरले नदिको बाटोनै फरक हुनेगरी जेसिभी र डोजरले खन्ने बढेपछि नदिको मौलिक प्रकिृतमा ठूलो दोहोन भएको छ। जिल्ला समन्वय समिति जुम्लाले पटक पटक रोक्न प्रयास गरेपनि रोकिएको छैन्।

प्रकाशित: २८ श्रावण २०७७ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App