८ वैशाख २०८१ शनिबार
अर्थ

उता पीएचएडी, यता खेती

एकजना पीएचडीरत व्यक्ति के गरेर बस्लान् ? धेरैको उतर हुनसक्ला, एउटा प्रतिष्ठित काम गरेर । तर भक्तपुर नगरपालिका वडा नं १० थालाछेंंका ४०  वर्षीय इन्जिनियर कृष्णभक्त दुवाल भने गोलभेडा खेतीमा अनुसन्धान गरेर बसेका छन् । जिल्लाकै चाँंगुनारायण नगरपालिका वडा नं २ को न्हतीको खेतमा आधुनिक टनेल प्रविधिमा गोलभेडा खेती गरेर अहिले उनको दैनिकी वित्ने गरेको छ ।  

उनी चीनको उहान प्रान्तस्थित उहान युनिभर्सिटी अफ टेक्नोलोजीको रिसोर्सेस एण्ड इन्भारोमेन्टल इन्जिनियरिगमा पीएचडीरत हुन् । पीएचडीका लागि उनी सन् २०१८ को सेप्टेम्वर महिनामा चीनको उहान पुगेका थिए । त्यहाँं बसेर उनले दुई वर्ष आफ्नो मेजर क्रेडिट कोर्सहरुको पढाई पूरा गरिसकेका छन् ।  

चीनमा जनवरी २३ को लकडाउन सुरु हुनु अगाडि उनी जनवरी १२ मै आफ्नो युनिभर्सिटीको प्रोफेसरले १५ वर्ष लगाएर पत्ता लगाएको एउटा नोभेल अर्गानिक मलको प्रयोगविधिको अनुसन्धान नेपालमै गर्न उनी त्यहाबाट फर्केका थिए । चिनियाँ प्रोफेसरको सल्लाह बमोजिम नै उनले यो मलको प्रयोग नेपालकै हावापानी अनि माटोमा गोलभेडा खेतीमा प्रयोग गर्दा कस्तो रिजल्ट आउछ भनी अनुसन्धान गर्दै छन् ।  

दिनमा एकपटक जस्तो गोलभेडा खेतीमा पुग्छु, उनले नागरिकसँंग भने, गोलभेडा खेतीमा नपुुगी मेरो खानै नपच्ने जस्तो भइसक्यो अहिले त । उनी खेतमा पुगेर औषधि छर्ने, गोलमेडलगायतका कामहरु गर्छन् । खेती मात्रै नभएर आफ्नो अनुसन्धानको निम्ति चाहिने डाटा पनि संकलन गर्छन् उनी ।  

इन्जिनियर दुवाल भक्तपुरस्थित ख्वप कलेज देकोचामा विज्ञान विषयमा स्नात्कोत्तरका विद्यार्थीका लागि वातावरण विज्ञान पनि अध्यापन गराउँदथे । यसअघि उनी सन् २००७  देखि सन् २०१४ सम्म भक्तपरकै नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायणमा अध्यापनरत थिए ।  

विशेष गरेर उनी अहिले चीनको उहान युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसरले १५ वर्ष लगाएर पत्ता लगाएको नोभेल अर्गानिक फर्टिलाइजर मलको नेपाली बालीनालीमा प्रभावकोबारेमा पीएचडीरत रहेका हुन् । ‘मेरो चाइनिज प्रोफेसर गतवर्ष विषादी रहेको तरकारी भारतबाट नेपाल भित्रियो भन्ने हल्ला भइरहेको बेला मसँंगै नेपालमा हुनुहुन्थ्यो, इन्जिनियर दुवालले भने, त्यहीबेला यो विषादीरहित मलको नेपालमा प्रभावको बारेमा तिमीले पीएचडी गर्नसक्छौं भनेर सुझाएपछि मैले यसैमा पीएचडी गर्ने योजनासाथ काम गरेको हुँं ।’ आफ्ना चीनियाँं प्रोफेसरले यही मलमा चीनमा दस जना भन्दा वढी विद्यार्थीलाई पीएचडी गराइसकेको जनाएको तर नेपालमा भने यो पहिलो भएको आफ्ना प्रोफेसरले बताएको इन्जिनियर दुवालले बताए ।  

कृषि क्रान्तिपछि यो चीनमा दोश्रो ठूलो मल क्रान्ति रहेको बताइन्छ । यो मलको विशेषता विषादी नभएको हुनु अनि बढी फल फल्ने रहनु हो । हालसम्म २०  पटकभन्दा बढी चीन पुगेर २ वर्ष चीनमा समय विताई त्यहाँंका ठाउँंठाउँंका खेतबारीमा पुगेका इन्जिनियर दुवालले नेपालको खेती किसानी सुधार गनुपर्ने खाँंचो पनि औल्याउँंछन् । नेपालमा यो मलको सफलतापूर्वक प्रयोग हुन सके चीनबाट यो मल आयात गर्न अनि नेपालमै उतपादन गर्न आफ्नो प्रोफेसरले सघाउने हौसला दिएको दुवालले बताए ।

प्रकाशित: २७ श्रावण २०७७ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App