६ चैत्र २०८० मंगलबार
अर्थ

हवाई उडानबारे आज निर्णय

फाइल तस्वीर

लकाउनसँगै चैतबाट बन्द रहेको नियमितव्यावसायिक उडान भदौ १ बाट सञ्चालनमा ल्याउने तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयका सचिवस्तरीय छलफलबाट तोकिएको मापदण्डका आधारमा हवाई सेवा सञ्चालन गर्ने तयारी चलिरहेको हो।स्वास्थ्य मन्त्रालयले मापदण्डमा स्वीकृति दिन बाँकी रहेकोले आइतबार (आज) यस विषयमा निर्णय हुने पर्यटन मन्त्रालय स्रोतले बतायो।  

आइतबार सबै मन्त्रालयको सहमतिमा उडान खोल्ने निर्णय हुनेमन्त्रालयका उच्च अधिकारीलेजानकारी दिए। राजधानीसहित देशका प्रमुख हवाई गन्तव्यमा कोभिड १९ को संक्रमण बढ्दै गएकाले आन्तरिकतर्फ सहरीभन्दा दुर्गमको व्यावसायिक उडान खोल्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ।

नियमित उडान खोल्दा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामती कर्मचारी, जनप्रतिनिधिलगायतलाई आवतजावतमा सहज हुने र सरकारले समेत दोष खेप्नुनपर्ने जस्ता कारणले उडान खोल्ने तयारीको भइरहेको हो।

न्यून संख्यामा भएपनि व्यावसायिक उडानको अनुमति दिँदा एकलौटी चार्टर्ड उडानको अनुमति पाइरहेका ट्राभल एजेन्सी बाहेकका एजेन्सी,अन्य विमान कम्पनी र हजारौं हवाई मजदुरले काम पाउने भएकाले नियमिततर्फको उडान खोल्ने तयारी भइरहेको हो।

भदौ १ बाट खुल्ने उडान सस्तो र पारदर्शी हुने मन्त्रालयका अधिकारीले बताए।हवाई कम्पनीमा उडान खुल्ने संकेत पुगिसकेकाले पछिल्लो समयउनीहरुले टिकट बुकिङ लिन थालेका छन्। तर अग्रिम बुकिङ उल्लेख्य छैन।  

उडान खोल्ने तयारीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणमा अनुमतिका लागि आवेदन दिइरहेका छन्। हालसम्म आन्तरिकतर्फका सबै र १३ विदेशी कम्पनीले उडान अनुमति मागेका छन्।  

पर्यटन मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी सुरेश आचार्यका अनुसार गत साउन ५ गतेको मन्त्रिपरिषद्कोे निर्णय अनुसार भदौ १ देखि आन्तरिक तथा बाह्य उडान खोल्ने तयारी छ। रातको समयमा अनावश्यक हिँडडुलमा लगाइएको रोक र सवारी साधनमा जोर–बिजोर प्रणालीले हवाई क्षेत्रमा असर पार्ने भएकाले संक्रमण र स्वास्थ्यलाई हेरेर उडान खुल्ने उनको भनाइ छ।  

‘सकेसम्म कम मानिसले सेवा लिने गरी उडान खोल्ने तयारी छ,’ प्रवक्ता आचार्यले भने, ‘अहिलेसम्मको सहमति अनुसार आइतबार सबै मन्त्रालयले सहमति जनाए र सरकारले अर्काे निर्णय नगरेविमानस्थल र विमान कम्पनी तयारी अवस्थामा छन्।’

पहिले आन्तरिकतर्फ दैनिक दुई सय ५० भन्दा बढी र बाह्यतर्फ सयहाराहारीउडान हुने गरेकोमा अब आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ १२ मा सीमित गर्ने उनको भनाइ छ।

‘स्वास्थ्य सावधानीसहितको मापदण्ड तयारी अवस्थामा छ। विमानस्थल र विमान कम्पनीले पनि मापदण्ड बनाएका छन्,’ उनले भने, ‘विदेशबाट आउनेको हकमा क्वारेन्टिन बस्ने अवधि,पिसिआर परीक्षणको मान्यता तथा नेपाली र विदेशी तथा एनआरएनलाई कस्तो मापदण्ड लागूगर्ने जस्ताविषयमा सहमति हुन बाँकी रहेकाले निर्णय हुन नसकेको हो।’

अहिलेको मापदण्ड अनुसार पिसिआर नेगेटिभ रिपोर्ट लिएर विदेशबाट आउने नेपालीलाई होम क्वारेन्टिनमा पठाउन सकिने र विदेशी रएनआरएनलाई सात दिन होटल क्वारेन्टिनमा राख्ने सहमति भएको छ। नेपाल आएर पुनः पिसिआर परीक्षण गर्नुपर्ने र सोको शुल्क यात्रु आफैंले बेहोर्नुपर्नेछ। अन–अराइभल भिसामा नेपाल आउन नदिने र कुन–कुन देशका नागरिकलाई आवगनमा रोक लगाउने भन्नेमा पनि छलफल जारी रहेको आचार्यको भनाइ छ।

हवाई सेवा खुल्नेभएपछि देशभरका विमानस्थलहरुले निर्देशिकाको आधारमा संक्रमण फैलिन नदिन समाजिक दुरी कायम हुने गरी संरचना निमार्ण, मार्किङ, सेनिटाइजिङको तयारी गरिसकेका छन्।

सेवा सञ्चालनमापदण्डमा विमानस्थलमा प्रवेश गरेर बाहिरिँदासम्म हरेकलाई निर्देशिका पालना गराउने,  मास्क तथा पञ्जा अनिवार्य गराउने, विमानस्थलभित्र एक–आपसमा कम्तीमा एक मिटरकोे दुरी कायम राख्ने, विमानभित्र पहिले दिने गरेको खानेकुरा र शौचालयप्रयोगमा रोक लाग्ने गरी मापदण्ड बनेको छ।  

हवाई यात्रुले चेक–इन काउन्टर, स्टेराइल हल, जहाज चढ्नुअघि र जहाज चढिसकेपछिका स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने मापदण्डमा उल्लेख छ। बिदाइ गर्न विमानस्थल जान नपाइने, साबिकको तुलनामा कम्तीमा एक घन्टाअघि नै विमानस्थल पुग्नुपर्ने जस्ता प्रावधान पनि मापदण्डमा समेटिएको छ।  विमानस्थल प्रवेश गर्ने निजीर सार्वजनिक सवारीले क्षमताको ४० प्रतिशत मात्रै यात्रु बोक्न पाउने छन्।

प्रकाशित: २५ श्रावण २०७७ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App