६ चैत्र २०८० मंगलबार
अर्थ

ग्लोबल बैंक लहानका कर्मचारीमा कोरोना पुष्टि, बैंक सिल

२२ जना कर्मचारी क्वारेन्टिनमा

लहानस्थित ग्लोबल आईएमई बैंक सिल गरिँदै । तस्बिरःमिथिलेश/नागरिक

ग्लोबल आइएमई बैंक लहान शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । महोत्तरी जिल्ला औरही गाउँपालिका–३ का ३० वर्षीय कर्मचारी प्रादेशिक कोडिभ अस्पताल जनकपुरको आइसोलेसनमा उपचाररत छन् ।

लहानमा कार्यरत रहँदा सन्चो नभएपछि उपचारका लागि प्रादेशिक अस्पताल गएका थिए । उनको त्यही पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सिरहा जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवकाअनुसार शनिबार उनको रिपोर्ट पोजेटिभ आएको छ । तर हामीलाई प्रदेशबाट संक्रमितबाट औपचारिक जानकारी दिइएन यादवले भने,‘ग्लोबल बैंककै अर्को कर्मचारीले सहकर्मी पोजेटिभ भएकाले आफूहरुको स्वाब परीक्षण गराइदिन आग्रह गरेपछि जानकारी पाएँ । त्यसपछि कन्ट्याक्टर ट्रेसिङको काम अघि बढायौं । उनले भने,‘बैंकको लहान शाखा सिल गरिएको छ ।’

लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवकाअनुसार संक्रमितसँग क्लोज कन्ट्याक्टमा रहेका बैंकका २२ जना कर्मचारीको पहिचान गरिएको छ । ‘उहाँहरुलाई सेल्प र होटल क्वारेन्टिनमा राखिएको छ’ उनले भने,‘उहाँहरु आफ्नै खर्चमा एउटा होटलमा क्वारेन्टिन बस्नु भएको छ । केहि कर्मचारी घरमै होम क्वारेन्टिनमा छन् ।’

यसैबीच, प्रदेश २ मा शनिबार १ सय १७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ६ सय ३१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शनिबार सबैभन्दा बढी पर्सामा ४७ जना, सर्लाहीमा ३३ जना, धनुषामा १६ जना, महोत्तरीमा १४ जना र बारामा ७ जना थपिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा २६ जनाको मृत्यु भएको छ । पर्सामा १७ जना, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ ,सप्तरीमा २, सिरहामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस अवधिमा विभिन्न अस्पतालबाट ३ हजार ३ सय ३४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।  

धनुषामा थपिएका १६ मध्ये २६ र ३० वर्षीय पुरुषको ठेगाना नखुलेको जनाइएको छ । जसमध्ये ३० वर्षीय पुरुष लहानको ग्लोबल आईएमई बैंकका कर्मचारी भएको खुलेको छ । अर्काे २६ वर्षीय पुरुषको ठेगाना खुलेको छैन । उनीहरु प्रादेशिक अस्पताल जनकपुरबाट स्वाब संकलन गराएका हुन ।

प्रकाशित: २४ श्रावण २०७७ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App