coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मिनिमार्टहरुमा अनुगमन, म्याद नाघेका खाद्यान्न जफत गरी नष्ट

लकडाउन खुकुला भएसँंगै बजार भाउ महँंगिएको गुनासो बढेपछि शनिबार भक्तपुरका मिनिमार्टहरुमा अनुगमन भएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा तीन मिनिमार्टहरुमा अनुगमन भयो । गुन्हीपुन्ही (गाईजात्रा) लाई लक्षित गरी क्वाटीसहित खाद्य पसल अनुगमन गरेकोमा खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नै जथाभावी लेवलिग गरेको पाइएको संयोजक गोराले जनाए । 

अनुगमनमा साकोठामा रहेको भक्तपुर मिनिमार्ट खुद्रा विक्रेतामा दर्ता गरिराखेकोले मिनि मार्टमा दर्ता गर्नुपर्ने, म्याद नाघेको सामानहरु अत्याधिक रुपमा रहेको पाइएको जनाइएको छ । त्यस क्रममा म्याद नाघेका स्ट्रवेरी च्यू ३ बट्टा, किसान टोमाटो सस् ३ वटा, क्लासिक ओइल ९ वटा, लेयर्स २० पाकेट, ओटास् ३ पाकेट, कर्नफ्लेक्स १ पाकेट, बोनजोर स्पाइस ५ पाकेट, टर्मेरिक पाउड १२ पाकेट, डाईजेस्टिभ विस्कुट १२ पाकेट जफत गरी नष्ट गरियो । 

उक्त पसलमा पाकेजिग सामानहरु गेडागुडी, दाल, चिउरालगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिग सामानमा लेभल राख्न निर्देशन दिएको छ । साथै तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन तराजु एक थान जफत गरिएको छ जनाइएको छ । स्टाफहरुमा एप्रोन, माक्स, पञ्जा, सेनिटाइजरसहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो । 

त्यस्तै च्याम्हासिंहमा रहेको नाइन स्टार सपिग सेन्टरमा खुद्रा विक्रेतामा दर्ता गरिराखेकोले मिनिमार्टमा दर्ता गर्नुपर्ने, पाकेजिग सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिग सामानमा लेभल राख्न निर्देशन दिएको छ । म्याद नाघेको र विग्रेको सामानहरु थाइम १ बट्टा, केराउ १०.५०० केजी, मकै ५०.५०० केजी जफत गरी नष्ट गरियो । स्टाफहरु र ग्राहकहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजरसहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो । 

त्यस्तै नमस्ते किराना स्टोर दर्ता प्रमाणपत्र नदेखिएकोले दर्ता नभए तीन दिनभित्र दर्ता गर्न, पाकेजिग सामानहरु गेडागुडी, दाल, चिउरालगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिग सामानमा लेभल राख्न निर्देशन दिएको र प्याकेजिग सामानमा तौल नपुग भएकोले तराजु एक थान जफत गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए । 

अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक राजन बनमालाको सहभागी थिए ।

प्रकाशित: १७ श्रावण २०७७ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App