coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

म्याग्दी उवासंघको स्थापनाको स्वर्ण जयन्ती शुभारम्भ

म्याग्दी उद्योग वाणिज्य संघले स्थापनाको स्वर्ण जयन्ती (५०औँ वर्षगाँठ) विविध कार्यक्रमसहित सुरू गरेको छ। शनिबार सचिवालयमा स्वर्ण जयन्ती शुभारम्भ कार्यक्रमको संस्थाका मानार्थ सदस्य नैनकुमार श्रेष्ठले उद्घाटन गरेका छन्। निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि बि.स २०२७ साल साउन १७ गते स्वर्गिय चन्द्रशेखर श्रेष्ठको अध्यक्षतामा स्थापना भएको संघले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वर्ण जयन्ती शुभारम्भ गरेपनि बर्षभरी कार्यक्रम गर्ने अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। ‘स्वर्णजयन्तीको बर्षलाई स्वर्णिम अक्षरमा लेख्ने गरी मनाउने छौ,‘ब्यवसायीलाई निराश हुन दिन्नौं,‘ आम उद्यमी व्यवसायीलाई उत्साहित हुने गरी भावी कार्यक्रमहरु अगाडी बढाउँछौ’ अध्यक्ष कर्माचार्यले भने।  

उनले जिल्लाको आर्थिक समृद्धिका लागि विगतमा जस्तै सरकार, प्रवासी नेपालीसँग सहकार्य गरी पूर्वाधारको क्षेत्रमा समेत सक्रियता देखाउने बताए। स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा संस्थाको स्थापना तथा संस्थागत गतिविधिका बारेमा पुर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश सदस्य एवम् पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुर्यप्रसाद मर्सानी, पूर्व अध्यक्ष जिवनकुमार विश्वकर्माले मन्तब्य राखेका थिए। सोही अवसरमा बेनी अस्पतालमा रहेका १५ जना बिरामीलाई फलफुल वितरण गरिएको महासचिव लिलाराम गौतमले जानकारी दिए। 

यसैबीच अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई पुर्नवास र राहतका लागि म्याग्दी उद्योग वाणिज्य संघले अति प्रभावित धवलागिरी र मालिका गाउँपालिकालाई एकएक लाख र बाँकी चार स्थानीय तहलाई पचारपचास हजार सहयोग गरिने बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताए।  

प्रकाशित: १७ श्रावण २०७७ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App