१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुध्रिएन अलैंचीको मूल्य

थन्काएर राखेको अलैंची। तस्बिर:नागरिक

अलैंची उत्पादनको नयाँ सिजन सुरु हुनै लाग्दा पनि पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको मूल्यमा सुधार आउन सकेको छैन। गत वर्ष उत्पादन गरेको अलैंची भाउ कुर्दै किसानले थन्काएर राखेका छन्। साउन अन्तिमदेखि अलैंची टिप्ने काम सुरु हुन्छ।

अलैंचीको भाउ राम्रो नहुदा किसान चिन्तत छन्। कोरोना भाईरस (कोभीड–१९) को प्रकोपले भारत निकासी रोकिएको अलैंची निकासी सूचारु भए पनि मूल्यमा सुधार आउन सकेको छैन। अहिले बजार मूल्य प्रतिमन (४० केजी) को २४ हजार रुपैयाँ रहेको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। नयाँ अलैंची उत्पादन हुने बेलामा पनि मूल्यमा सुधार आउन नसकेको उनको भनाइ छ। गत वर्ष अलैंची अझै किसान र व्यवसायीको गोदाममा रहेको उनको भनाइ छ।

अलैंचीको मूल्यमा बर्सेनि गिरावट देखिन्छ। विगतमा प्रतिमन एक लाख १० हजारसम्मले बिक्री भएको अलैंचीको मूल्य पछिल्ला वर्ष निकै कमी छ। अलैंचीको लागत नै नउठ्ने अवस्था रहेको किसानको भनाइ छ। फाल्गुनन्द गाउँपालिका फाक्तेपका युवा किसान तिल विक्रम नेम्बाङले यो सिजनमा उत्पादन गरेको अलैंची नबेची थन्काएर राखेका छन्। भदौ–असोजमा अलैंची टिपेर प्रसोधन गरेर राखेका उनले भाउँ कुर्दा कुदै अलैंची उत्पादन हुने नयाँ सिजन आउन लागिसकेको सुनाए। ‘ठूलो लगानी गरेर अलैंची खेती गरियो। मूल्य राम्रो नुहँदा घरमै थन्काएर राखेको छु,’ चेम्जोङले भने, ‘अहिलेकै भाउमा बेच्दा खर्च पनि उठ्दैन। भाउँ आउला र बेचुला भनेर कुरीरहेका छौं।’  

उता ताप्लेजुङको लिङ्खिमका सन्तोष काम्बाङको कथा बेग्लै छ। उनले फावादिन भन्ने ठाँउमा रहेको १२ रोपनीको अलैंची फाडेर धान खेती लगाएको सुनाए। ‘धान खेती हुने फराकिलो गरा भएको ठाँउमा अलैंची लगाएको थिए। अलैंचीको भाउँ सारै सस्तो भयो। खेतलाको दाम उठाउन पनि नसक्ने भएपछि अलैंची मासेर धान खेती गरेको हुँ,’ उनले भने, ‘भाउ बढ्दै जाँदा खेती मासेर अलैंची लगाइएको थियो। मैलेमात्र हैन गाँउमा धान खेती हुने ठाँउमा अलैंची मास्न थालिएको छ। भिरपाखामा मात्र अलैंची छ।’  

त्यसोत ताप्लेजुङको फुरुम्बु, लिखिम, फावादिन लगायका क्षेत्रमा अलैंची मासेर अन्य अन्नबाली खेती गर्न थालिएको काम्बाङको भनाई छ। किसानहरु अलैंचीको भाउ बढ्न नसकेको भन्दै निरासा व्यक्त गर्छ। पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेवालीको रुपमा अलैंची रहेको छ।  विगतमा अलैंचीको आम्दानीले आर्थिक उन्नती गरेका प्रसस्त उदाहरण थिए। तर पछिल्ला बर्षहरुमा अलैंचीको भाउमा गिरावट आउदा किसानमा निरासा देखिन्छ। यो विक्रि सिजनमा अलैंचीको मूल्य प्रतिमन ३० हजार रुपैँया भन्दा बढि उक्सिन सकेको छैन। क्रमशः अलैंचीको भाउ घट्दै गएको छ। अलैंचीका लागि लागत भन्दा खर्च बढि हुने अवस्था आएको किसानको भनाई छ। साहुको जमिन लिएर अधिया खेती गरीरहेकाहरुले पनि  बगान छाड्न थालेका छन्। अधिया खेती गर्दा घाटा हुन थालेपछि यस्तो भएको हो।

विगतमा यस्तो समस्या थिएन। पछिल्ला केहि बर्षमा अलैंचीको भाउ नराम्ररी घटेको छ। डेढ दशक यता अलैंची खेती र व्यापार गर्दै आएका ताप्लेजुङका खेम केसिका अनुसार परिवार पाल्ने, नानीहरु पढाउने तथा सहरमा घरेडी÷घर जोड्ने आम्दानीको माध्यम रहेको अलैंचीबाट दुई÷तीन बर्ष यतादेखि राम्रो आम्दानी हासिल हुन सकिरहेको छैन। पछिल्ला बर्षमा लगानीनै नउठ्ने अवस्था आएको उनले सुनाए।  

तत्काल खर्च टार्नकालागि बेच्ने बाहेक अलैंचीको भाउ कुर्दै बसेका किसानहरु प्रसस्त छ। पाँचथरको फिदिम–८ का कुशल गुरुङले अलैंचीको भाउ बढ्ने आशाले थन्काएर राखेको सुनाए। प्रतिमन ५० हजार रुपैँया भन्दा बढिमा अलैंची बेच्न पाए किसानलाई राहत पुग्ने गुरुङको भनाई छ।  

नेपालबाट निकासि हुने प्रमुख कृषिवालीको रुपमा रहेको अलैंचीको मूल्य नराम्ररी घटेको छ। नेपालका ४२ भन्दा बढि जिल्लामा अलैंची खेती हुने गरेको छ। तर प्रदेश १ का ताप्लेजुङ, संखुवासभा,पाँचथर, इलाम, धनकुटा, तेह्थुम, खोटाङ जिल्लामा धेरै हुने गरेको पाईन्छ। कृषि मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने  नेपालमा १८ हजार २  सय ७३  हेक्टरमा अलैंची खेती हुने गर्छ। आर्थिक बर्ष २०७५÷७६ मा नेपालमा ७ हजार ९ सय ५४ मेक्ट्रिटन अलैंची उत्पादन भएको तथ्याङ्क रहेको छ। नेपालको मुख्य बजार भारत भएककाले उतैवाट मूल्य घटेर आएकाले यतापनि मूल्य घटेको बताईन्छ। बजारले अलैंचीको मूल्य निर्धारण गर्छ। न्यूनतम समाथ्र्य मूल्य समेत छैन। भारतीय बजारमा निर्भर रहनु पर्ने हुन्छ।  यहाँको अलैंची भारतहुदै तेश्रो मुलुक पुग्ने गर्छ।

प्रकाशित: १६ श्रावण २०७७ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App