coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यवसायिक कफि खेति कार्यक्रमको सुरुवात

पाख्रिबास नगरपालिकाले कृषि पर्यटन विकासकालागि व्यवसायिक कफि खेति कार्यक्रमको सुरुवात गरेको छ । नगरको वडा नं ८ स्थित खत्रि डाडा मुगामा नगरको कफि खेति कार्यक्रम मुगा पाख्रिबास कृषि सहकारी संस्था मार्फत सुरुवात गरेको हो । 

प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले कफिको विरुवा रोप्दै कफि खेति कार्यक्रमलाई शुभारम्भ गरेका छन् । कफि खेति कार्यक्रमलाई शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले जनता धनि बनाउनका लागि हिजोको निर्वाहमुखि खेतिपातिले जनता धनिनहुने बताए । 

दुइटा भैंसि पालेर अलिकति कोदो रोपेर एकहल गोरु पालेर हाम्रो जिबिको निर्वाह मात्र हुन्छ त्यसैले खेतिपातिलाई व्यवसायिकरण गर्न आवश्यक रहेको भन्दै खेति पाति ठिक ढंगले व्यवसायिकरण गर्न सकियो भने मात्र जनता धनि हुने अनिमात्र समाज र देश धनिहुने बताएका छन् । 

त्यस्तै गरी पाख्रिबास नगरपालिका प्रमुख तथा मुगा पाख्रिबास कृषि सहकारी संस्थाका सल्हाकार बृष बहादुर राइले निर्वाह मुखि खेति बढ्दै गएको तथा बसाइसराई कारण बाझो जमिन बढ्दै गएकाले बाझो जमिनको सदुपयोग कसरी गर्ने भन्ने विषयमा कृषि अभियान्त जिवन प्रसाद राई संग सल्लाह गरेर पाख्रिबासमा कफि खेतिको सम्भावना अध्ययन गर्न लगाएको बताए । 

नगरले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम मार्फत नै कफी पकेट क्षेत्र घोषणा गरेर १० लाख वजेट विनियोजन गरेको र ५ लाख कफी को विरुवा उत्पादन गर्ने नगर प्रमुख राईले बताए । पहिलो चरणमा कफि ५ सय रोपनी जग्गामा ३५ सय वटा कफिको विरुवा रोपेको अब तत्कालै १ हजार रोपनिमा विस्तार गर्ने योजना रहेको बताईएको छ ।

प्रकाशित: १२ श्रावण २०७७ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App