coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भैरहवा भन्सार : सवा दुई खर्बकोआयात , तीन अर्बको निर्यात

बेलहिया नाकाबाट नेपाल भित्रीदै गरेको औधोगिक कच्चा पदार्थ एम.एस. विलेट बोकेको गाडी। तस्विर/रेखा

देशकै दोश्रो ठुलो भैरहवा भन्सारले यसपटक लक्ष्य भन्दा ३४ प्रतिशत कम राजश्व सकलन गरेको छ। गत आर्थिक बर्ष २०७६÷०७७ मा यो भन्सारले ७० अर्ब २९ करोड १५ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ६६.३१ प्रतिशत मात्रै हो। भन्सार विभागले गत आर्थिक बर्षकालागि भैरहवा भन्सारलाई १ खर्ब ६ अर्ब राजश्व असुलीको लक्ष्य तोकेको थियो। पछिल्ला ४ महिना लकडाउनले अत्यावश्यक बाहेकका मालवस्तु आयात ठप्प हुँदा राजश्व संकलन घटेको भन्सारका सुचना अधिकृत पुर्णप्रसाद लम्सालले बताए।  

संकलित कुल राजश्व मध्ये भन्सार तर्फ २४ अर्व ६४ करोड संकलन भएको छ। मुल्य अभिवृद्धि कर तर्फ २४  अर्व ५५ करोड र अन्तशुल्कबाट १४ अर्व १९  करोड असुली भएको छ। त्यसबाहेक सडक सुधार तथा मर्मत सम्भार शिर्षकमा २ अर्ब ९४ करोड, पुर्वाधार बापतको १ अर्ब १० करोड र कृषि सेवा शुल्कमा १ अर्ब ६१ करोड राजश्व असुली भएको छ।  

अघिल्ला बर्षको तुलनामा यो नाकाबाट मोटरसाइकल, जिप, कार भ्यान, डिजल, पेट्रोलको आयात उल्लेख्य घटेको छ। सुचना अधिकारी लम्सालका अनुसार कोरोना महामारीकालागि गरीएको लकडाउनले पेट्रोलियम पदार्थ, गाडीका पार्टपुर्जा, बिद्युतीय सामाग्री, लत्ताकपडाको आयात घटेको हो।  चामल, आलुप्याज र हरियो तरकारकीको आयात भने बढेको छ।  

अघिल्लो बर्षको तुलनामा आयात घटेपनि राजश्व असुलीको एक नम्बरमा भने सवारी साधन नै छ। कुल राजश्वको २९.६० प्रतिशत हिस्सा सवारी आयात बापतको छ। यो नाकाबाट संकलित राजश्व मध्ये सबैभन्दा धेरै ११ अर्ब ६३ करोड राजश्व मोटरसाइकल आयत बापतको हो। जिपकार भ्यानबाट ६ अर्ब ९२ करोड,

सिंगल क्याव पिकअप गाडीबाट १ अर्ब २६ करोड र ट्रक मिनी ट्रक आयातबाट १ अर्ब ५ करोड राजश्व संकलन भएको छ। एमएस बिलेटबाट २ अर्ब ८१  करोड,डिजेलबाट १ अर्ब ५२ करोड,टायलबाट २ अर्ब,२६ करोड,पेट्रोलबाट १ अर्ब ३५ करोड राजश्व संकलन भएको छ।मार्वलबाट १ अर्ब ३९ करोड,कोइला आयातबाट १ अर्ब १९ करोड राजश्व संकलन भएको हो।  

यी बस्तुहरु राजश्व संकलनका हिसावले पहिलो दश नम्बरमा परेपनि आयातीत बस्तुको मुल्यको हिसावले भने  एम.एस. विलेट एक नम्बरमा छ। यसपाली भैरहवा नाकाबाट १५ अर्ब ३३ करोडको एमएस विलेट अर्थात फलाम पत्ति आयात भएको हो। दोश्रो नम्बरमा मोटरसाइकल छ। ११ अर्ब ८५ करोडको १ लाख २८ हजार २०६ वटा मोटरसाइकल आयात भएको छ। ७ अर्ब ४३ करोडको डिजेल र २ अर्ब ७७ करोडको पेट्रोल आयात भएको छ। ६ अर्ब ३९ करोडको कोइला आयात भएको छ। ४ अर्ब ११ करोडको टाइल र २ अर्ब ४९ करोड मुल्यको मार्बल आयात भएको छ। ३ अर्ब १५ करोडको ४ हजार ५१८ वटा जिप तथा कार आयात भएको छ। २ अर्ब २२ करोडका १ हजार ९४० वटा ट्रक,मिनी ट्रक भित्रीएका छन। १ अर्ब ७ करोडका १ हजार ८७५ वटा पिक–अप गाडी भित्रीएका छन।  

आयात सबा २ खर्बको,निर्यात ३ अर्बको  

यो नाकाबाट निर्यात हुने बस्तुको तुलनामा भारत तथा तेश्रो मुलुकबाट  आयात हुने मालसामानको  परिमाण उच्च छ। भैरहवा भन्सारबाट हुने निर्यातको हिस्सा जम्मा ०.०१  प्रतिशत मात्रै छ।औधोगिक कच्चा पदार्थ एमएस बिलेट, मोटरसाइकल,ट्रक तथा पिकअप गाडी, जिपकार भ्यान,इन्धन, टायल–मार्वल र उपभोगजन्य बस्तुको आयात दर बर्षेनी बढ्दो छ। आयातमुखी अर्थतन्त्रका कारण व्यापार घाटाको ग्राफ बर्षेनी बढ्दै गएको भन्सारका अधिकारीहरु बताउँछन। यो नाकाबाट  खाद्यान्न र आलुप्याजको आयात पनि उच्च छ।

गत आर्थिक बर्षमा भैरहवा भन्सारबाट २ खर्ब २४ अर्ब ७६ करोड १४ लाख मुल्य बराबरका मालसामान आयात भएको थियो।  तर सो अवधीमा जम्मा ३अर्ब ३६करोड ४६ लाख मुल्य बराबरका  बस्तु निर्यात भएको छ। भन्सार अधिकारीहरुका अनुसार  आयात बर्षेनी बढ्दै गएपनि निर्यात घट्दो क्रममा छ।अघिल्लो आर्थिक बर्ष २०७५/०७६ मा  यो भन्सारले ८२ अर्ब ३० करोड ५३ लाख राजश्व संकलन गरेको थियो।

प्रकाशित: ८ श्रावण २०७७ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App