४ वैशाख २०८१ मंगलबार
अर्थ

बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा, अब झनै सजिलो

आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । बैंकले पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा सेवा प्रदान उद्देश्यले उक्त सेवा सञ्चालन गरेको जनाएको छ । बैंकका अनुसार उक्त सेवा २ सय मुलुकबाट व्यवसायिक साझेदारमार्फत बैंक खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ । कम्पनीले २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिँदै आएको छ ।

२५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ भने यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  ।  

वित्तीय संस्थाले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: १ श्रावण २०७७ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App