coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कपिलवस्तु नगरपालिकाको बजेट १ अर्ब १० करोड, पूर्वाधार र कोरोनालाई प्राथमिकता

सडक पूर्वाधार विकास तथा कोभिड-१९ लाई प्राथमिकता दिँदै कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब १० करोड ३५ लाख ७ हजारको बजेट पेश गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा नगरपालिको सातौ नगर सभाबाट सो बजेट स्वीकृत भएको हो । बजेट चालु आर्थिक वर्ष बिनियोजन गरेको भन्दा १० करोडले बढी हो ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद ज्ञवालीले पेश गरेको आर्थिक तथा बिनियोजन विधेयक २०७७ सभाबाट पास भएको छ । बजेट मध्ये पूर्वाधार विकासमा ४७ दशमलव ५६ प्रतिशत, आर्थिक विकासमा ४ दशमलव ९७ प्रतिशत, सामाजिक विकासमा ३४ दशमलव ६१, संस्थागत तथा सुशासनमा १ दशमलव ३८, वन तथा वातावरणमा एक दशमलव ३७, बित्तीय ब्यवस्थापनमा शुन्य दशमलव शुन्य ५ प्रतिशत, संचालन तथा प्रशासनिक खर्चमा १० दशमलव शुन्य ७ प्रतिशत रहेको छ । मेयर किरण सिंहले बजेट पूर्वाधार, स्वास्थ्य विकासमा केन्द्रीत रहेको बताए । उनले नगरपालिमा जारी रहेको फुसको छानोमुक्त अभियानलाई निरन्तरा दिईएको बताए । सो अभियानका लागि २ करोड बजेट बिनियोजन गरिएको छ । 

यस्तै कोरोना ब्यवस्थानपमा ६० लाख, नगरपालिकाको आफ्नै प्राबिधिक प्रयोगशाला संचालनका लागि २९ लाख, एम्बुलेन्सका लागि २४ लाख बजेट बिनियोजन भएको छ । कोभिड-१९ का कारण जारी लकडाउनले चालु आर्थिक वर्षमा बिनियोजन भएको ९९ करोड बजेट मध्ये ४० प्रतिशत मात्र खर्च भएको नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपानले बताए । चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेको योजनाहरुलाई आगामी आर्थिक वर्षमा गर्ने गरी योजनाहरुलाई निरन्तरता दिईएको छ । मेयर सिंहले जारी लकडाउनका कारण रोजागरी गुमाएकाहरुलाई प्राथमिकतामा राखिएको बताए । उनले लगत संकलन गरेर प्रधानमन्त्री रोजगार तथा अन्य कार्यक्रमबाट त्यस्ताहरुलाई रोजगारी दिने बताए । 

पुरोना र पर्यटकीय नगरीको विकासका लागि समेत नगरपालिकाले लगानी गर्ने तथा विदेशी नगरपालिकासंग भगेनी सम्बन्ध समेत बढाईने बताए । सभाबाट स्थानीय वातावरण तथा प्राकृतिक श्रोत संरक्षण विधेयक २०७७ समेत पारित भएको छ ।

प्रकाशित: २६ असार २०७७ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App