२७ श्रावण २०७७ मंगलबार
अर्थ

एनएमवी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने

एनएमवी बैंकको विशेष साधारण सभाले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ।  कञ्चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात स्वीकृति गर्दै सभाले उक्त प्रस्ताव पारित गरेको हो।

जसअनुसार कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले कञ्चन डेभलपमेन्टको १ सय कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन्।

सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ।  

त्यसैगरी, शाखा कार्यालयहरुको संख्या १ सय ८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८. पुग्नेछ भने बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्ने बैंकले जनाएको छ।  

 

प्रकाशित: २२ असार २०७७ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App