२४ श्रावण २०७७ शनिबार
अर्थ

एभरेष्ट बैंकद्वारा वृक्षारोपण

एभरेष्ट बैंकले काठमाडौं महानगरपालिका वडा नम्वर १२ टेकु क्षेत्रमा वृक्षारोपण गरेको छ। वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका उपमहाप्रवन्धक सन्धीर कुमार र वडा नम्वर १२ का वडा अध्यक्ष विकास डंगोल र पिडिएसएस नेपालले संयुक्त रुपमा गरेका थिए।  

सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्वर १२ को कार्यालय र पिडीएसएस नेपालको समन्वयमा वातावरण संरक्षणका लागि टेकु क्षेत्र परिसरमा वृक्षारोपण गरेको बैंकले जनाएको छ।  

‘सर्भिस विथ स्माइल’ को नारा अन्तर्गत बैंकले यसअघि पनि सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल बैंकको ग्राहकहरुको संख्या ११ लाख पुगेको छ भने बैंक सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत भइसकेको छ।  

बैंकले क्यामेल रेटिङ्मा बैंक सबैभन्दा उत्कृष्त घोषित भइसकेको छ। बैंकका ९५ शाखा कार्यालय, ३१ राजस्व संकलन काउन्टर र १ सय २३ वटा एटिएमवुथ सञ्चालनमा छन्। बैंकले फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट पेशेवर र दक्ष बैंकिङ् सेवाहरु प्रदान गर्दै आएका छ।

 

प्रकाशित: २२ असार २०७७ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App