coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दुर्लुङका पहिरो पीडितलाई तमु समाज युकेद्वारा सहयोग

गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ। कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो।

मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले तमु समाज युकेले सङ्कलन गरेर पठाएको राहत आइतबार एक कार्यक्रमका बीच  वितरण गरिएको हो। प्रतिनिधिसभाका सांसद पदम गिरीले पीडितलाई राहत रकम हस्तान्तरण गरेका थिए।  

मृतक नौ जनालाई २७ हजार ३०० रुपैयाँको दरले दुुई लाख ४५ हजार ७०० रुपैयाँ हस्तान्तरण गरिएको छ। पहिरोमा परी आमा, बाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई एक लाख नौ हजार २०० रुपैयाँ, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई ८१ हजार ९०० रुपैयाँ र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई ५४ हजार ६०० रुपैयाँ हस्तान्तरण गरिएको हो।  

पहिरो पीडित भुवन गिरीलाई ५४ हजार ९७२ रुपैयाँ र अन्य चार परिवारलाई ४० हजार ४०० रुपैयाँ को दरले राहत वितरण गरिएको हो। पहिरोका कारण भुवन गिरी, हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपति सिंजालीको परिवार मगर विस्थापित बनेको छ। हाल बेलायतमा रहेका तमु समाज युकेका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा जीवन गुरुङलगायतले उक्त राहत रकम सङ्कलन गरी पठाएको स्थानीय राजन गुरुङले जानकारी दिए।  

प्रकाशित: २२ असार २०७७ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App