coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बाइक र कार किन्नेलाई दसैंको जस्तो छुट

फाइल तस्बीर

अहिलेको व्यस्त समयमा दुुईपांग्रे सवारी आम मानिसको आवश्यकता बनेको छ। भीडभाड र व्यस्त सडकमा सार्वजनिक सवारीको अवस्था अनुकूल नहुँदा घन्टौं ट्राफिक जाममा फस्ने र चाहेको समयमा गन्तव्य नपुग्ने सहरबासीको दुईपांग्रे सवारीमा आर्कषण बढ्दो छ। गन्तव्यसम्मको सहज यात्रा र आर्थिक रुपमा गाडीका तुलनामा सस्तो समेत रहेकाले मोटरसाइकलमा आकर्षण बढ्दै गएको छ।  

नयाँ सवारी साधन किन्न खोज्नेले छुट र अफरका लागि विगतमा प्रायः दसैं कुर्थे, अब भने त्यसने गर्न नपर्ने भएको छ। कोभिड–१९ महामारीका कारण आम नागरिकको आर्थिक अवस्था खस्केको भन्दै विभिन्न दुईपांग्रे सवारी कम्पनीले कोरोना विशेष अफर सार्वजनिक गरेका छन्। लकडाउन केही खुकुलो भएलगत्तै दुईपांग्रे र चारपांग्रे सवारी साधन आयातकर्ता कम्पनीले ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना ल्याएका छन्।  

दुईपांग्रेमा सस्तो मासिक किस्ता, शून्य प्रतिशत डाउनपेमेन्ट, किस्ताको समय अवधि लगायत ग्राहकको चाहना अनुसार घरैमा पु¥याइदिनेसम्मका योजना सार्वजनिक भएका छन्।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनले सयदेखि २२० सिसीसम्मका मोटरसाइकल खरिदमा १२ हजार रुपैयाँ छुट गर्ने जनाएको छ। कम्पनीकी असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहका अनुसार कोभिड १९ को विषम परिस्थितिमा कम्पनीले कोरोना योद्धा (सुरक्षाकर्मी, सरकारी अस्पतालका कर्मचारी, मेडिकल कलेजका कर्मचारी, निजी अस्पतालका कर्मचारी र एम्बुलेन्स सेवाका कर्मचारी)लाई हरेक मोटरसाइकल खरिदमा १५ हजार नगद छुट दिने बताइन्।

हरेक मोडलमा १४ देखि १६ प्रतिशतसम्म ब्याज पर्ने मासिक किस्ताको व्यवस्था पनि छ। ४० प्रतिशत डाउनपेमेन्टमा १४ प्रतिशत र ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजमा बाइक आफ्नोे बनाउन सकिने उनको भनाइ छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे ग्राहकको घरसम्मै सवारी साधन पु¥याउने व्यवस्था गरेको उनले बताइन्।  

त्यस्तै, नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनेरल मार्केटिङ प्रालिले शून्यदेखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरेर बाइक लिन सकिने स्किम सार्वजनिक गरेको छ। जति धेरै डाउनपेमेन्ट गर्न सक्यो त्यति नै कम ब्याज पर्ने कम्पनीका सिनियर म्यानेजर दिनेशरत्न बज्राचार्यले बताए। हिरोका पाँच मोडेलका स्कुटरका लागि यो योजना सार्वजनिक गरिएको हो। हिरोका प्लेजर, डुएट, मायस्ट्रो र डेस्टिनी खरिदमा ५० प्रतिशत डाउनपेमेन्ट गर्दा एक वर्षसम्मको ब्याज मिनाहा हुने बज्राचार्यको भनाइ छ। यो योजना उपत्यकाका लागि मात्रै हो।

त्यस्तै, नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजसहितको योजना सार्वजनिक गरेको जनाएको छ।

यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलका अनुसार कोभिड १९ ले पारेको आर्थिक असरलाई मध्यनजर गर्दै कम्पनीका मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत ब्याजको फाइनान्स योजना सार्वजनिक गरिएको छ। ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको जारी योजनाले नयाँ मोटरसाइकल खरिद गर्दा ग्राहकमाथिको आर्थिक भारसमेत कम गर्ने उनले बताए।

तीन वर्षसम्मको किस्तामा शून्य प्रतिशत डाउनपेमेन्ट गरी कम्पनीका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिने उनको भनाइ छ। साथै, शून्य प्रतिशत ब्याजदरको सुविधासहित हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा हजार रुपैयाँ छुट हुने समेत उनले बताए।

होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले लकडाउनलाई नै मध्यनजर गर्दै तीन प्रकारका योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत ७० प्रतिशत डाउनपेमेन्ट गर्नेले एक वर्षसम्म मासिक एक रुपैयाँका दरले किस्ता तिरे हुन्छ। त्यस्तै ६० प्रतिशत डाउनपेमेन्ट गर्नेले मासिक एक रुपैयाँ किस्ता तिर्ने सुविधा नौ महिना पाउनेछ। ५० र ४० प्रतिशत डाउनपेमेन्ट गर्ने ग्राहकको हकमा एक रुपैयाँका दरले मासिक किस्ता तिर्ने सुविधा क्रमशः ६ र तीन महिना हुने कम्पनीले जनाएको छ। अब यी सबै किस्ताबन्दी योजना अन्तर्गत मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकका लागि कर्जा अवधि दुई वर्ष र कर्जाको ब्याजदर १६ प्रतिशत हुने बताइएको छ। कम्पनीले यो योजनाअन्तर्गत मोटरसाइकल किन्ने ग्राहकले डाउन पेमेन्टको प्रतिशत हेरी १.५ देखि तीन प्रतिशतसम्म ब्याज पाउने बताइएको छ।

मोटरसाइकलको मोडेलअनुसार मासिक किस्ता फरक रहेको र आर्थिक स्रोत खुल्ने कागजात सहित ग्यारेन्टी बस्न काठमाडौंमा घर भएको एकजनाको सिफारिसमा उक्त योजना लागू हुने कम्पनीले जनाएको छ। त्यस्तै, एक प्रतिशत ब्याजदरमा तीन महिनासम्म एक रुपैयाँ तिरेर चौथो महिना ४० प्रतिशत डाउनपेमेन्टमा सवारी किन्न सकिने कम्पनीको भनाइ छ। उक्त योजना अन्तर्गत दुई वर्षको किस्ता अवधि तोकिएको छ।

प्रकाशित: २२ असार २०७७ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App