८ वैशाख २०८१ शनिबार
अर्थ

विभिन्न किसिमका कर छुट गर्न होटल व्यवसायीको माग

राहतका प्याकेज ल्याउनका लागि प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र बुझाउँदै होटल व्यवसायी संघका अध्यक्ष जेपी राई (वायाँ) । तस्बिर : नागरिक

खोटाङका होटल व्यवसायीले लकडाउन अवधिको विभिन्न किसिमको कर छुटको माग गरेको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण जिल्लाका होटल व्यवसायी, होटल व्यवसायका क्षेत्रमा संलग्न कर्मचारी र मजदुरलाई आर्थिक संकट भएको भन्दै होटल व्यवसायी संघले आईतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाएर राहतको प्याकेज व्यवस्थाको माग गरेको हो । 

केही समयअघि प्रधानमन्त्री तथा १ नम्बर प्रदेशका मूख्यामन्त्री समक्ष लकडाउन अवधिको विभिन्न किसिमको कर छुटको माग राखेको होटल व्यवसायीले पुनः प्रशासनलाई ज्ञापन–पत्र बुझाएर सोही माग दोहो¥याएको हो । होटल व्यवसायीले राज्य तथा स्थानीय सरकारबाट कार्ययोजना बनाएर लकडाउनको समय अवधिको विजुलीको बिल, खानेपानीको बिल, स्थानीय सरकार तथा राज्य सरकारलाई तिर्नुपर्ने विभिन्न किसिमका कर तथा नविकरण शुल्क छुट गराउन आग्रह गरेको छ ।  

होटल व्यवसायी संघका अध्यक्ष जेपी राईले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई बुझाएको ज्ञापन–पत्रमा घर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ५० प्रतिशत भाडा र घर वहाल कर छुटको व्यवस्था गर्न, होटल व्यवसायी, कर्मचारी र मजदुरलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सामाजिक सुरक्षाकोष वा अन्य श्रोतबाट आर्थिक प्याकेजको व्यवस्था मिलाउन माग गरिएको छ ।  

यस्तै, बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर लगानी गरेका होटल व्यवसायी लकडाउनका कारण व्याज तथा मासिक कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका कारण ५० प्रतिशत व्याज छुट गराइ कम्तीमा एक वर्षसम्म व्याज तथा मासिक किस्ता तिर्न नपर्ने व्यवस्था मिलाउन, पुन: व्यवसाय सञ्चालनका लागि तीनवटै तहका सरकारबाट सहुलियत व्याज दरमा बैंकिङ कर्जाको व्यवस्था मिलाउन लगायतका लगायतका ७ बुँदे माग गरिएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि सेवा सुविधा थप गर्न बैंक तथा वित्तीय संस्थाबाट अनुदान लिएका दिक्तेलबजार, हलेसी लगायतका ठाउँका होटल व्यवसायी आर्थि संकटबाट गुज्रेको होटल व्यवसायीले बताएका छन् ।  

 

 

प्रकाशित: २१ असार २०७७ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App