१६ चैत्र २०८० शुक्रबार
अर्थ

बैंक अफ काठमाण्डूद्धारा बीमा दाबी भुक्तानी

बैँक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’ योजना अन्र्तगत बैंकमा खाता खोलेका ग्राहकलाई बीमा दावि भुक्तानी गरेको छ।  बैंकको साँखु शाखा कार्यालयवाट विओके सफलता मुद्दती खाता खोलकी शुभद्रा श्रेष्ठलाई औषधी उपचारका लागि बीमा दावि रकम भुक्तानी गरेको हो।  

बैँकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सहकार्यमा भुक्तानी गरेको जनाएको छ। उक्त दावि भुक्तानी रकम बैंकका सहायक महाप्रबन्धक मनिषकुमार सिंहले बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठ हस्तान्तरण गरेका थिए। बैंक अफ काठमाण्डू बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथै ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउदै आएको छ।  

त्यसैगरी, बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्त भएमा ५ लाख र १८ घातक रोगहरुको लागि ५ लाख तथा औषधी उपचारको लागि एक लाख रुपैयाँ बराबरको बीमा गर्दै आएको बैँकले जनाएको छ। बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन्। उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनीका जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थीती रहेको थियो।  

प्रकाशित: २१ असार २०७७ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App