coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डीस होमको लक्की ड्र सार्वजनिक

डिसमोमले सञ्चालनगर्दै आएको ‘हिसमोम मा डिलर दाईको डिसकाउन्ट’ योजना अन्तर्गत २ जना भाग्यमानी विजेता छनौट भएका छन्।

२०७७ असार १३ गतेदेखी १८ गतेसम्म ‘फण्ड ट्रान्फर’ वाट वार्षिक रिचार्ज गरेका ग्राहकहरु मध्ये ‘लाइफ लक्की ड्र’ २ जना छनौट गरेको कम्पनीले जनाएको छ।

कम्नपीका अनुसार हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिस होमको ‘शो केस च्यानल नम्वर १००, शो केस २ च्यानल नम्वर १०१’ र रमाइलो लाइभ लक्की ड्र मार्फत विजेताको छनौट हुने गरेको छ।  

कम्नपीले संञ्चालन गरेको यस योजना अनुसार विजेताहरुले प्रति व्यक्ति जनही १ लाख रुपैयाँ पाउने छन्। कम्पनीका अनुसार उक्त योजना अन्तर्गत असार १९ गते लक्की ड्रमार्फत डिशहोमको सेटअप बक्सको क्यास आइडी ०२५५८१९७०६६ र ७१९०३७११४६४ का ग्राहक विजेता बन्न सफल भएका हुन्।

बिजेताहरुलाई डिश होमको तर्फबाट बधाईसहित आउने लाइभ लक्की ड्र २०७७ साल असार २६ गते शुक्रबार साझ ५ बजेट शो केस च्यानल नम्वर १००, शो केश २ च्यानल नम्वर १०१ र रमाईलो टिभीमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अुनसार २०७७ साल असार १९ गते शुक्रबारदेखि असार २५ गते बिहिबारसम्म डिसहोमको आधिकारीक बिक्रेताहरु मार्फत फण्ड ट्रान्फर सेवाबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई असार २६ गतेको लाइभलक्की ड्रमा समावेश गरिने छ।

फण्ड ट्रान्फरको बारेमा जानकारी लिनमुलुक भरी रहेको डिशहोम बिक्रेता, नजिकैको डिलरवा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

 

 

 

प्रकाशित: २१ असार २०७७ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App