८ वैशाख २०८१ शनिबार
अर्थ

अनुदानमा ह्याचरी मेसिन

वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराएको छ। तीनवटा फार्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध गराइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा कुखुरा व्यवसायीको मागलाई ध्यानमा राख्दै ५० प्रतिशत अनुदानमा तीन फार्म तथा सहकारीलाई मेसिन उपलब्ध गराइएको नगरप्रमुख खाँणले बताए। कुखरापालनलाई व्यावसायिकरूपमा अगाडि बढाउने उद्देश्यले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराइएको बताउदै नगरप्रमुख खाँणले भने, प्राप्त सामानको सही सदुपयोग गरी अगाडि बढ्नुहोस्।

पशु सेवा शाखाको वार्षिक कार्यक्रमअन्तर्गत अनुदानमा ह्याचरी मेसिन वितरण गरिएको पशु विकास शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताइन्। योसँगै ह्याचरी मेसिनको अभावका कारण अण्डा लिएर पाल्पा जानुपर्ने र त्यहाँबाट चल्ला निकालेर ल्याउनुपर्ने बाध्यता हटेर जाने विश्वास शाखा प्रमुख श्रेष्ठको छ।

 मेसिनले २२ दिनमा कुखुरा, बट्टाई, कालिजलगायतका पंक्षीका अण्डाबाट चल्ला निकाल्न सकिने छ। तीन फरक–फरक क्षमताका मेसिनले २२ दिनमा एक हजार ५६, ३५२ र २६४ चल्ला निकाल्न सक्ने छ। पशु विकास शाखामार्फत वालिङ–६ को गोविन्दाज सन पक्षी फार्म, वालिङ ३ मा रहेको महिला सहकारी र वडा नं १४ को कृषि सहकारी संस्थाबाट माग भएसँगै अनुगमन गरी वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताए।

प्रकाशित: २० असार २०७७ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App