१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुन तोलाको पाँच सय घट्यो

शुक्रबार सुन प्रतिलोला पाँच सय रुपैयाँले घटेको छ। बिहिबारको मूल्यको तुलनामा शुक्रबार तोलामा पाँच सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

महासंघका अनुसार शुक्रबार प्रतितोला छापावाल ९० हजार ५ सयमा कारोबार भएको छ भने बिहीबार तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो।  

त्यसैगरी, शुक्रबार चाँदीको भाउ प्रति तोला १० रुपैयाँले घटेको छ। बिहीबार तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।  

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९० हजार ६५ रुपैयाँ कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ निर्धारण भएको थियो।

 

प्रकाशित: १९ असार २०७७ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App