coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लकडाउनबीच पनि गोर्खा चाइनिज इँटाको उत्पादन पुनः सुरु

लकडाउनकाबीच पनि गोर्खा चाइनिज इँटाको उत्पादन पुनः सुरु गरिएको छ । काभ्रेको बासडोलमा उद्योग रहेको यस कम्पनीको इँटा उत्पादन कार्य यसअघि नै सुरु भएको थियो । तर लकडाउनकाबीच उद्योग बन्द भएको थियो । टनेल क्लिन प्रबिीधमा इँटा पोली चाइनिज इँटाको उत्पादन सुरु गरिएको गोर्खा इको रेड व्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन सुरु गरेको थियो ।  

नयाँ. उत्पादित गोर्खा चाइनिज इँटाको आकार पहिला जस्तै साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इँटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको रहेको कम्पनीको दाबी रहेको छ ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाले सुरक्षाको सवै प्रबन्ध मिलाई कर्मचारी, कामदारहरूलाई काम गर्न लगाइएको जनाए । कोभिड संक्रमणको सम्भावित जोखिमबाट सुरक्षित राखी काम गराइएको उनले स्पष्ट पारे ।  

यो प्रबिीधबाट इँटा बनाउँंदा काँंचो इँटालाई घाममा नसुकाई डा«इ टनेलमा पठाई इँटालाई सुकाइन्छ । यसपछि फायर टनेलमा चाहिने तापक्रम मिलाएर इँटा पोल्ने गरिन्छ । फायरिङ टनेलमा भएको तातो हावालाई डाइ टनेलमा लगी काँंचो इँटा सुकाउने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्माेमिटर) पनि जडान गरिएको छ । थर्माेमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इँटा पोल्ने गरिन्छ । यसले गर्दा इँटा एकनासले पाकेर निस्किन्छ ।  

उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नउडने र न्युन मात्रामा मात्रै धूवाँ निस्कने सुरुङ भट्टी (टनेल क्लिन) प्रविधिबाट गोर्खा चाइनिज इँटा उत्पादन गरिएको हो । यो प्रबिीधबाट इँटा उत्पादन गर्दा मलिलो माटो नै चाहिन्छ भन्ने छैन । जस्तोसुकै माटो अनि नरम ढुंगाबाट पनि काँंचा इँटा बनाउन सकिन्छ ।  

इँटा उत्पादनमा यो प्रबिीध नेपालमा मात्र नभएर दक्षिण एशियामा नै नौलो र अत्याधुनिक रहेको बताइएको छ । यद्यपि युरोपमा १९७० कै दशकमा प्रयोगमा आएको यो प्रबिीध १९८० मा चीन भित्रिएको जनाइएको छ ।  

यो प्रविधिमा सुरुवाती माटो तथा नरम ढुंगा प्रशोधन (मुछ्ने) देखि लिएर काँंचो इँटा उत्पादन तथा पोल्नेलगायतका सबै काम वैज्ञानिक रुपमा व्यवस्थित गरी मेसिनबाटै हुन्छ । पोलेर तयार भएको रातो इँटा मेसिनबाटै बाहिरसम्म निकालिन्छ । यसरी काँंचो इँटो बन्ने क्रमदेखि पोलेको इँटा तयार हुँंदासम्मको सवै प्रक्रिया मेशिनबाटै हुने भएकाले यस प्रविधिबाट बनेको इँटाको चार वटै सतह चिल्लो  हुन्छ ।  

यो प्रबिीधबाट इँटा उत्पादन गर्दा कोइलाको मात्रा आवश्यकता अनुसार माटो तथा नरम ढुंगामै पहिला नै मिसाए काँंचो इँटा बनाउने गरिन्छ । उत्पादित इँटा बजारमा अहिले पनि धमाधम विक्रीवितरण भइरहेका छन् । यी उत्पादनहरू देशभर विक्रीवितरण भइरहेका छन् । गोर्खा इको प्यानल र गोर्खा प्रिकास्ट एन्ड विन्डोर नामका निर्माण सामग्रीका उद्योगीहरूबाटै यो कम्पनी संचालनमा ल्याइएको छ ।

‘फायर टनेल’ पनि पूर्ण रूपमा थर्मल इन्सुलेटेड हुने हुँदा ताप खेर नजाने भएकाले यो प्रविधिमा इँटाहरू उत्पादन हुँंदा उर्जा किफायती हुने गर्दछ । काँंचा इँटा उत्पादन प्रक्रिया बन्द ट्रसभित्र हुने र पोल्ने प्रक्रिया पनि टनेल भित्रभित्रै हुने भएकाले इँटा उत्पादनको क्रममा धूलो सिर्जना हुने सम्भावना शून्य हुन्छ । उत्पादित इँटा तुलनात्मक रुपमा सस्तो रहेको बताइएको छ ।

प्रकाशित: १८ असार २०७७ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App