coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लकडाउनमा सस्तियो आँप

कलैया बजारमा आँप खरिद गर्दै ग्राहक ।

लकडाउन प्रभावका कारण जिल्लामा उत्पादित आँपहरु बाहिर पठाउन नसक्दा व्यापारीहरुले एक सय रुपैयाँमा दुई किलो आँप बेच्न बाध्य भएका छन्। पाकेको मालभोग, बमई, जर्दा लगायत प्रजातिका आँपहरु अषाढमा प्रति किलो एक सय भन्दा कममा दश वर्ष यता विक्री वितरण नभएपनि अहिले ५० रुपैयाँमा प्रति किलो आपहरु व्यापारीहरुले बिक्री वितरण गरिरहेका छन।  

असारमा बमई र जर्दा आँप प्रति किलो एक सय ५० रुपैयाँमा पाइने गरेपनि अहिले ती आँप ५० देखि ७० प्रतिशत सस्तोमा उपभोक्ताहरुले खरिद गर्न पाएका छन।  

कलैया बजारमा आँप बेच्न आएका रामप्रसादले कलैयाबाट यातायात सुचारु भएको अवस्थामा काठमाण्डौ पोखरा लगायतको ठूला शहरहरुमा आँप निर्यात हुँदा बढी महँगोमा विक्री हुने गरे पनि यस सिजनमा आँप कलैया बजारमा मात्र थुप्रिएको बताउँछन।  

पाकेको आँप बढी दिनसम्म राखिराख्दा कुहिने गरेकोले सस्तोमै बेचेर आँपको लगानी निकाल्ने काम मात्रै व्यापारीहरुले गरिरहेको उनले बताए।  राम्रो खाले मालभोग, जर्दा, बमई लगायतका राम्रा आँपहरु एक सयमा दुई किलो विक्री गरिएपनि त्यो भन्दा अलि खराब आँपलाई एक सय रुपैयाँमा तीन किलो सम्म विक्री गरिएको प्रसादले बताए।  बजारमा आँप सस्तिएको पछि उपभोक्ताले एक किलो किन्ने ठाउँमा दुई किलो सम्म किन्ने गरेका छन्।  

प्रकाशित: ५ असार २०७७ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App