coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विरोधमा बजार खुल्न थाले

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन बारम्बार लम्ब्याउन थालेपछि व्यवसायी विरोधमा उत्रिएका छन् ।

सरकारले ७४ दिनसम्म लकडाउनलाई निरन्तरता दिएपछि व्यवसायी पसल खोल्न पाउनुपर्ने भन्दै विरोधमा उत्रिएका हुन् । काठमाडौं र बाहिर बिहीबार केही सहरमा विरोधस्वरुप पसल खोलिएको छ । लकडाउनको अवज्ञा गर्दै व्यापारी सडकमा उत्रिएपछि प्रहरी प्रशासन निरीह बनेको छ । सरकारले बिहीबार विभिन्न क्षेत्रका विज्ञसँग सुझाव लिए पनि लकडाउनको मोडल परिमार्जन गर्ने नयाँ नीति ल्याएको छैन ।

बिहीबारदेखि राजधानीका न्युरोडदेखि विभिन्न स्थानमा पसल खुलाइएको छ । वीरगन्ज, विराटनगर, भरतपुर, इटहरी र पोखरामा पनि पसल खोलिएका छन् ।

यसैबीच, नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबारबाट न्युरोड लगायत उपत्यकाभरी पसल खोल्ने निर्णय गरेको छ । महासंघले आफ्ना सबै सदस्यलाई पसल, व्यवसाय सञ्चालन गर्न आह्वान गरेको हो ।

महासंघका अनुसार उपत्यकामा २७ वटा संगठन आवद्ध छन् र प्रत्येक संगठनमा करिब एक हजारको संख्यामा सदस्य छन् । देशभरमा सम्पर्क समिति पनि छन् । संघले सबैलाई पसल खोल्न आह्वान गरेको हो ।

मुलुकमा ७२ दिनदेखि लकडाउन भएका कारण व्यापार ठप्प छ । आम्दानी सुको नहुने तर घरभाडा, बैंकको ब्याज किस्ता, कर्मचारी तलब लगायतका दायित्व सबै बेहोर्नुपरेका कारण पसल खोल्ने निर्णय गरेको हो ।

आफूकहाँ ठूला मल, कम्प्लेक्स, गार्मेन्ट, आयात–निर्यातदेखि सामान्य व्यापारीसमेत सदस्य रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार व्यवसायीले स्वास्थ्य–सुरक्षा अपनाएर सामाजिक दुरी कायम गरी आठ बजेदेखि पसल खुलाउने छन् । पसल खोल्दा सरकारले बल प्रयोग गरे सबै दायित्व सरकारलाई बुझाउने नीति महासंघको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App