७ वैशाख २०८१ शुक्रबार
अर्थ

लकडाउनका चपेटामा बीमा कम्पनी

विश्व अर्थतन्त्र कोभिड–१९ को असर मुलुकका बीमा कम्पनीमा समेत पर्न थालेको छ। सरकारले कोरोना संक्रमण रोक्ने उदेश्यले घोषणा गरेको दुई महिना भन्दा लामो लकडाउनका कारण जीवन तथा निर्जीवन बीमा क्षेत्रमा असर पर्न थालेको बीमा समितिले जनाएको छ।  

समितीका अनुसार लकडाउनका कारण निर्जीवन बीमा कम्पनीले व्यहोरेको क्षतिको विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले विभिन्न १० क्षेत्रमा क्षति पुगेको प्रतिवेदन पेश गरेको छ।  

निर्जीवन बीमा कम्पनीको छाता संगठन नेपाल बीमक संघका उपाध्यक्ष नूरप्रकाश प्रधानको संयोजकत्वमा गठित ४ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन निरासजनक रहेको बीमा समितिले जनाएको छ।  

समितिका अनुसार सो प्रतिवदेनमा लकडाउनका कारण मोटर बीमा, कृषि बीमा, लघु बीमा, इन्जिनियरिङ बीमा, घर, सम्पत्ति बीमा, स्वरोजगार बीमा लगायतका क्षेत्रमा नोक्सानी हुने भएको हो।  

त्यसैगरी, विविध दुर्घटनातर्फ स्वास्थ्य, बीमा, मेडिकल हेल्थ इन्स्योरेन्समा वृद्धि, असाध्य तथा महामारी रोगको अस्पतालबाट जारी गरिने बिलका कारण घाटा बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।  

इन्जिनियरिङ बीमामा पनि नोक्सनी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। इन्जिनियरिङ् बीमा ‘नन ट्यारिफ’ भएका कारण बीमा शुल्क घटेको तथा मौसम प्रतिकुल भएका कारण दावि नोक्सानी हुने भएको हो।  

समितीका अनुसार घर, सम्पती बिमा तर्फपनि मौसममा आएको परिवर्तन तथा भौगोलिक स्थितीका कारण बढी दावी नोक्सानी व्यहोर्नू पर्नै प्रतिवेदनमा उल्लेख गरिएको छ।  

त्यसैगरी, लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर घटाएका कारण बीमा कम्पनीको निक्षेप ब्याज आम्दानी घटेको जनाइएको छ।  

बीमा कम्पनीको बीमाशूल्क संकलमा पनि समस्या आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। लकडाउनका कारण आर्थिक मन्दी भएका कारण तोकिएको समयमा बीमा शूल्क संकलन प्रभावित भएको जनाइएको छ।  

प्रतिवेदन अुनसार लामोसमय लकडाउन भएका कारण बिमीतहरुलाई आर्थिक नोक्सानी हुने भएकाले भविष्यमा झुटा दावि पर्न सक्ने सम्भावना बढेको छ।  

त्यसैगरी, निर्जीवन बीमा कम्पनीलाई ताकिएको समयमा चुक्ताँ पूँजी पुर्या उन सकस पर्नै भएको छ। लकडाउनका कारण केही बिमा कम्पनीको आईपिओ ढिला जारी हुने तथा पुराना कम्पनीको हकप्रद शेयर जारी प्रक्रियामै रहेकाले ताकिएको समयमा चुक्ता पूँजी पुर्यानउन समस्या हुने उल्लेख गरिएको छ।

बिमीतहरुको बीमाशूल्क आम्दानी समग्रमा एक तिहाई रहेको अवस्थामा सञ्चालन खर्च यथावत रहेका कारण सञ्चालन नोक्सानी व्यहोर्नूपर्नै जनाइएको छ।  

प्रतिवेदन अनुसार घर, सम्पती, मोटर, इन्जिनियरिङ्, कृषि, लघु, स्वरोजगार लगायतका बीमा दावि पर्न गई नोक्सानी हुने देखिएको बीमा समितीले जनाएको छ।  

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App