१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट अधिवेशन सुरु : बजेटको सिद्धान्त, उद्देश्य र प्रमुख नीति प्रस्तुत

सुदूरपश्चिम प्रदेश

मन्त्री बोहराले आगामी आर्थिक वर्षका लागि नेपालको संविधानमा उल्लेखित मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्ने दिशामा प्रदेश सरकारको बजेट निर्देशित हुने बताए । प्रदेशमा सवल सक्षम अर्थतन्त्र निर्माणका लागि संविधानले निर्दिष्ट गरेका राज्यका निर्देशक सिद्धान्त, नीतिहरु र लोककल्याणकारी राज्यको आधारभूत सिंद्धान्त परिपालिना गर्ने बजेटको सिद्धान्तमा उनले उल्लेख गरेका छन् ।

आगामी वर्षको बजेटमा कोभिड-१९को महामारीबाट आक्रान्त नागरिकलाई तत्काल राहत पुग्ने, गरिबी न्यूनिकरण गर्ने र स्वास्थ्य सुरक्षाप्रदान गर्ने कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यसैगरि कोभिड-१९ र यसका कारण गरिएको लकडाउनका कारण प्रदेशको अर्थतन्त्रमा परेको असरलाई ध्यानमा राखि अर्थतन्त्रको पुर्नउत्थानमा सहयोग पुग्ने कार्यक्रम संचालन गर्ने बिषय पनि उच्च प्राथमिकतामा राखिएको उनको भनाई छ ।  

‘प्रदेशमा महामरीजन्य रोगको पहिचान, उपचार, नियन्त्रण तथा रोकथाममा क्षमता बढाउन प्रदेशको स्वास्थ्य प्रणालीको विकास गर्ने नीति लिइने छ’उनले भनेका छन् । यसअघि प्रदेश सभाको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले कोभिड-१९ को संक्रमण फैलिरहेका वेला प्रदेश सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

सत्तापक्षका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारले अहिले अन्य विषय छोडेर कोभिड-१९ बाट प्रभावित भएर बिभिन्न मुलुकहरुबाट स्वदेश आइरहेका नागरिकहरुलाई उचित ब्यवस्थापन सहितको क्वारेन्टाइनमा राख्ने र सुरक्षित रुपमा घर पुग्ने बाताबरण बनाउनेमै ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । जनता समाजवादी पार्टीका मालामति रानाले सांसदहरुलाई दिने सुविधा र कोषको रकम कोभिड-१९ को उपचार र परीक्षणमा खर्च गर्नपर्ने माग गरिन् ।  

प्रदेश सभाको अर्को बैठक बुधबार बस्ने छ । बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बोहराले प्रस्तुत गरेको बजेटको सिद्धान्त नीति तथा प्रमुख प्राथमिकताबारे छलफल हुने सभामुख अर्जुनबहादुर थापाले बताएका छन् । बैठकमा सभामुख थापाले सभामुख र उप सभामुख दुबै जनाको अनुपस्थितिमा सभा सञ्चालन गर्नुपरे बैठकको अध्यक्षता गर्न दिब्बेश्वरी शाह, मालामति राना, शान्ति नेपाली र कुलबीर चौधरीलाई मनोनित गरेका छनु ।  

प्रकाशित: १३ जेष्ठ २०७७ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App