७ वैशाख २०८१ शुक्रबार
अर्थ

छुमचौरमा रोपियो मार्सीधान

संसारको सबैभन्दा उच्च स्थानमा धान फल्ने ठाउँका रुपमा परिचित छुमचौर जीउलोमा  धान रोपिएको छ। छुमचौर जीउलोमा मार्सिधान रोपिएको हो।

पातारासी गाउँपालिकाको सहयोगमा कालिमार्सी धान संरक्षण तथा प्रर्बद्धन केन्द्रको सहजीकरणमा धान रोपिएको पातारासी ३ का वडाध्यक्ष बिर्खराम बोहोराले जानकारी दिए।  

उनका अनुसार धान रोप्न स्थानीय आफै जागरुक भएका हुन्। यो समयमा यार्सा टिप्न अधिकांस किसान पाटन तिर जाने भएकोले धान रोप्ने काम अघि बढ्न सक्दैनथ्यो, वडाध्यक्ष बोहोरा भन्छन्,‘यो पटक कोराना भाइरसका कारण पाटन जान रोकिएपछि किसानले छुमचौर जीउलोमा मार्सीधान रोपेका हुन्। ’

दुई बर्ष देखि यहाँ धान रोप्न थालिएको हो। गत बर्ष भन्दा यो बर्ष बढि क्षेत्रफलमा धान रोपिएको छ।   गत वर्ष २ हजार वर्गमिटर जग्गामा धान रोपिएकोमा यस वर्ष ५ हजार वर्गमिटर खेतमा धान रोपिएको वडाध्यक्ष बोहोरा बताउँछन् ।  

विश्वको अग्लो स्थानमा धान फल्ने छुम जीउलोको संरक्षण गर्नको लागि कालिमार्सि धान रोपिएको हो। यहाँका किसानलाई धान रोप्न जागरुक बनाउन पातारासी गाउँपालिकाले हरेक बर्ष धान महोत्सव आयोजना गर्छ।   गाउँपालिका अध्यक्ष लछिमन बोहोरा भन्छन्,‘विश्वमा सबैभन्दा उच्च स्थानमा धान फल्ने नामले चिनिदै आएको छुमचौरमा जसरी पनि धान फलाएर छाड्ने योजना छ।  

यहाँ धान फलेको हेर्नकै लागि हजारौँ पर्यटकहरु भित्रिन सकिने भएकोले पर्यटकीय गन्तब्यका रुपमा स्थापित गर्न खोजिएको छ। ’ यो जीउलोमा मार्सीधान फलाएर छाड्छौँ। उच्च स्थानमा धान फल्ने नाम कहिल्यै पनि मेटिन दिनेछैनौँ। ’

पर्यटन प्रबद्र्धन गर्नको लागि छुम ज्युलोमा धानखेति सुरु गरिएको छ।  कालिमार्सि धान संरक्षण तथा प्रबद्र्धन केन्द्रका अध्यक्ष कलिमान महतारा पछिल्लो समयमा किसान धानखेतिमा सक्रिय भएको बताउँछन्। उनले भने,‘यहाँ फल्ने धान समग्र कर्णालीको पहिचान हो। पहिचान बचाउनु सबै जुम्ली किसानको जिम्मेवारी हो। त्यो जिम्मेवारी पुरा गर्न छुमचौरबासी क्रियाशिल छन्। ’  विश्वको सबैभन्दा अग्लो स्थानमा फलेको धानबाट उत्पादन हुने चामलले निकै मुल्य पाइरहेको छ।    

जिल्ला कृषि विकास कार्यालय जुम्लाले पनि छुमचौर जीउलोमा धान रोप्न किसानलाई सुझाव दिदै आइराखेको छ। छुमचौर जीउलोमा यसअघि मकै, आलु र सिमिको खेति भइरहेको थियो।मार्सीधानमा विभिन्न रोगको संक्रमण भएकोले किसानले धान रोप्न सकेका हुँदैनथ्ये।

प्रकाशित: १३ जेष्ठ २०७७ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App