coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सञ्चय कोषको अनलाईन सापटी सेवा, १० लाखसम्म लिन सकिने

कर्मचारी सञ्चय कोषले इन्टरनेटका माध्यमवाट विशेष सापटी सेवा सञ्चालन गर्नै भएको छ। कोरोना भाईरसवाट सर्नै कोभिड–१९ को संक्रमणपछि बैंक, वित्तीय कारोबार गर्नै लगायतका क्षेत्रमा अधिकांस कारोबार इन्टरनेटका माध्यम प्रदान गर्दै आएकोमा कोषले आजेदेखी इन्टरनेटमार्फत आफ्ना ग्राहकलाई सेवा दिन सूरु गरेको जनाएको छ।  

आईतबार कोषले विज्ञप्ती जारी गर्दै लकडाउनका कारण मुलुकभर यातायात ठप्प भएकाले यस असहज परिस्थितीमा इन्टरनेटका माध्यमवाट ‘विशेष सापटी सेवा’ सञ्चालन गरेको जनाएको छ।  

उक्त सेवा लिन सञ्चयकर्ताले कोषको वेबसाइटमा गई आवेदन फाराम भर्नू पर्नैछ। फाराम भरीसकेपछि स्क्यान कपी अपलोड गरी कोषलाई पठाउनु पर्नैछ।  

सञ्चयकर्ताको फाराम प्राप्त भएपछि सम्वन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा हुने कोषले जनाएको छ। तर, पहिलो चरणमा ‘विशेष सापटी सेवा’ योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले मात्र लिन पाउनेछन्।  

हाल सञ्चयकर्ताले अनलाईन प्रणालीवाट २० हजार देखी १० लाख रुपैयाँसम्म विशेष सापटी लिने सक्नेछन्।  

 

 

 

प्रकाशित: १२ जेष्ठ २०७७ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App