coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लकडाउनमा विकास निर्माणको काम

पृथ्वी राजमार्गको मलेखु नजिक बर्षाका कारण भासिएको राजमार्गमा तारजाली भरिरे उकासिदै ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण देश लकडाउनमा छ । कोरोनाका त्रासले मानिसहरु घरभित्रै बसिरहेका छन् । लकडाउनको समयको सदुपयोग गरेर कतिपय स्थानीय तहहरु र विकास आयोजनाले भने निर्माणका काम अगाडि बढाइरहेका छन् । काठमाडौं प्रवेश गर्ने मुख्य प्रवेशमार्ग पृथ्वी राजमार्गमा लकडाउनले काम गर्ने वातावरण बनाएको छ । सधै जामको समस्या आउने त्रिभुवन राजपथको नौविसे नागढुङगाको सडकका साँघुरा घुम्तीहरु पनि फराकिलो बनाइदैछ भने कालापत्रे पनि थपिएको छ ।  

सडक निर्माण गर्दै सवारीसाधन गुडाउदाँ नटिक्ने समस्या दोहोरिरहने त्रिभुवन राजपथको नागढुङ्गाको उकालो क्षेत्रमा अहिले सुनसान भएको मौकामा कालोपत्रे गरिएको छ । सधै व्यस्त रहने  हुँदा सहजरुपमा काम गर्न नमिल्ने यी सडकहरुमा अहिले निर्माणको काम धमाधम भइरहेको छ । धादिङको नौविसेदेखि नारायणगढ–मुग्लिन सडक खण्डसम्म अहिले धमाधम काम भइरहेका छन् । कतिपय स्थानमा सडक चौडा गर्ने, भत्किएको सडक निर्माण गर्ने, ट्राफिक संकेत राख्ने र पुल निर्माण गर्ने काम धमाधम भइरहेको हो ।

लकडाउनकै समयमा मुग्लिन– नारायणगढ सडक खण्डको जलविरेमा निर्माणाधिन पुलको काम भइरहेको पुलका कन्ट्रयाक्ट म्यानेजर निरन्जन चौधरीले बताए । ‘लकडाउनले गर्दा कच्चापदार्थहरु ढुवानी गर्ने जस्ता विभिन्न खाले समस्याहरु त भएको छ’ उनले भने, ‘राजमार्ग सुनसान हुँदा काम गर्ने बातावरण झन राम्रो भएकाले हामीले पुल निर्माणको कामलाइ तीवता दिएका छौँ ।’ काममा लगाइएका मजदुरहरुको स्वास्थ्य सुरक्षाको उचित प्रवन्ध मिलाएर काम गराइरहेको आयोजनाका कर्मचारीहरुले बताएका छन् ।

ठुला ठुला आयोजनाहरु जस्तै स्थानीय तहहरुले पनि स्थानीय कामदारहरु मार्फत नै हुने विकास निर्माणका कामहरुलाई लकडाउनकै समयमा निरन्तरता दिएका छन् । कतिपय स्थानीय तहले रोजगारी गुमेर बिहान बेलुकाकै छाक टार्न समस्या परेका मजदुरहरुलाई प्रयोग गरेर विकासे काम गरिरहेका छन् । जिल्लाको नेत्रावती गाउँपालिकाले यस्तो उदाहरणीय कामको सुरुवात गरेको छ । ‘सीप भएका मजदुरहरुलाइ सीपयुक्त काम र लेवरहरुलाइ सडक मर्मत र सुधारको काममा खटाएका छौँ’नेत्रावती डबेजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा नारायण शाक्यले भने, ‘अब गाउँपालिका भित्रका खाद्यान्न समस्या भएका सवैलाइ काम लगाएर मात्रै नगद या उनीहरुलाई आवश्यक खाद्यान्न वितरण गर्ने छौँँ ।’

यता नीलकण्ठ नगरपालिकाले बजार क्षेत्रभित्र सडक पेटी निर्माणको कामलाई तिव्रता दिएको छ । नीलकण्ठले जस्तै धादिङका राजमार्ग क्षेत्रका केहि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र राजमार्ग सुधार ढलनाली ब्यवस्थापनको काम गरिरहेका छन् । संधै भिडभाड हुने बजार र सडकमा स्थानीय कामदार प्रयोग गरी काम गराउँदा गुणस्तरीय काम पनि हुने र समयको उचित सदुपयोग भएको नीलकण्ठ नगरपालिका का मेयर भीम प्रसाद ढुङगानाले बताए । ‘बजार खुल्ला भएको बेलामा काम गर्दा विभिन्न अवरोधहरु आउने गर्दथ्यो,’ उनले भने, ‘अहिले सुनसान भएको बेला स्थानीय कामदारहरु प्रयोग गरेर सडकपेटी निर्माणको कामलाइ तीव्रता दिएका छौँ ।

यस्तो बेलामा स्थानीय मजदुरहरुको प्रयोग गर्दा उनीहरुले रोजगारी पनि पाउने तथा ती मजदुरमा आश्रीत परिवारलाई खाद्यान्न अभाव पनि नहुने भएकाले अबवडा वडामा पनि स्थानीय मजदुरहरु प्रयोग गरेर सम्भव भएसम्मका विकास निर्माणको काममा परिचालन गर्न तयारी भइरहेको ढुङ्गानाले बताए । सडक, खानेपानी आयोजना, पुल निर्माण लगायतका विकास निर्माणका कार्यहरु स्थानीय तहहरुले गरिरहेका छन् ।  

  

 

 

 

प्रकाशित: ११ जेष्ठ २०७७ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App