८ वैशाख २०८१ शनिबार
अर्थ

६ दिनमा ८६ हजारले गरे कोरोना बीमा, नौ करोड प्रिमियम संकलन

कोरोना भाइरसको महामारबीच सूरु भएको कोरोना बीमा गर्नैको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। बीमा गरेको व्यक्तिमा कोरोना रोग पुष्टि भए बीमा कम्पनीवाट ५० देखी एक लाख रुपैयाँ क्षतिपुर्ति पाउने भएकाले कोरोना बीमा गर्नैको संख्या बढ्दै गएको हो।  

२० निर्जीवन बीमा कम्पनी र नेपाल पूनर्विमा कम्पनीले जोखिम बहन गर्ने सहमतीमा वैशाख ७ गते सूरु भएको कोरोना बीमा हालसम्म एक लाख ६९ हजार नौ सय ५५ जनाले गरेका नेपाल विमक संघले जनाएको छ।  

संघका अध्यक्ष दिपप्रकाश पाण्डेका अनुसार जेठ ३ गतेदेखी ९ गतेको बिचमा मात्र ८६ हजार ६ सय १२ जनाले कोरोना बीमा गराएका छन्।  

उनका अनुसार हालसम्म कोरोना बीमाका १३ हजार एक सय ३५ बीमापोलिस बिक्रि भएका छन्।  यी बीमा पोलीसी बिक्रि गरी करिब नौ करोड २० लाख रुपैयाँ बीमाशूल्क (प्रिमियम) संकलन भएको छ।  

कोरोना लागेपछि आर्थिक सहयोग हुने भएकाले यस बीमा तर्फ सबैको आकर्षण बढ्दै गएको उनले बताए।  

संघका अनुसार हालसम्म सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ३२ हजार ६७ जनाको कोरोना बीमा गरेको छ।  कम्पनीले तीन हजार तीन सय १७ बीमा पोलिसी बिक्रि गरी करिब एक करोड ७५ लाख ९३ हजार रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ।  

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले १५ हजार ४ सय ८० जनाको कोरोना बीमा गरेको छ।  नौ सय ३३ बीमा पालिसी बिक्रि गरी कम्पनीले ९१ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेको छ।  

त्यसैगरी, एनएलजी इन्स्योरेन्सले १२ हजार तीन सय ४४ जनाको कोरोना बीमा गरेको छ।  ६ सय ३६ बीमापोलीस जारी गरी कम्पनीले साढे ६३ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको जनाएको छ।  

संघका अनुसार सगरमाथा इन्स्योरेन्सले १२ हजार दुई सय ६१ जनाको बीमा गरी करिब ६६ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ।  कम्पनीले हालसम्म १ हजार दुई सय ४८ बीमलेख बिक्रि गरेको छ।  

सो अवधीमा लम्बिनी जनरल इन्स्योरेन्सले नौ हजार दुई सय ८४ जनाको कोरोना बीमा गरेको छ।  कम्पनीले तीन सय १२ बीमा पोलिस बिक्रि गरी करिब ४८ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेको जनाएको संघले जनाएको छ।  

एभरेष्ट इन्स्योरेन्सले नौ हजार दुई सय ६३ जनाको कोरोना बीमा गरेको छ।  तीन सय ५० बीमालेख बिक्रि गरी कम्पनीले करिब साढे ४७ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ।  

त्यसैगरी, अजोड इन्स्योरेन्सले सात सय २० बीमालेख बिक्रि गरी नौ हजार दुई सय ३१ जनाको कोरोना बीमा गरेको छ।  कम्पनीले उक्त बीमा गरेवाफत करिब ५२ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको जनाएको छ।  

नेको इन्स्योरेन्स कम्पनीले सो अवधीमा नौ हजार ८५ जनाको कोरोना बीमा गरी करिब ४६ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ।  कम्पनीले हालसम्म पाँच सय २२ बीमालेख जारी गरेको छ।  

सो अवधीमा हिमालयन जनरल इन्स्योरेन्सले ५० लाख ५५ हजार रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ।  एक हजार दुई सय ७० बीमालेख बिक्रि गरी कम्पनीले नौ हजार ८२ जनाको बीमा गरेको हो।  

आईएमइ जनरल इन्स्योरेन्सले ६ हजार नौ सय ३२ जनाको कोरोना बीमा गरेको छ।  कम्पनीले  ६ सय ६३ बीमालेख जारी गरी साढे ३६ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको जनाएको छ।  

संघले उपलब्ध गराएको तथ्याङ् अनुसार सो अवधीमा प्रिमियर इन्स्योरेन्सले ६ सय बीमालेख बिक्रि गरी करिब ३४ लाख रुपैयाँ बिमाशूल्क संकलन गरेको छ।  कम्पनीले सो अवधीमा ६ हजार एक सय ४९ बीमालेख बिक्रि गरेको छ।  

त्यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले ६ हजार ७४ जनाको कोरोना बीमा गरेको जनाएको छ।  कम्पनीले चार सय एक बिमालेख जारी गरी करिब साढे ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।  

युनाईटेड इन्स्योरेन्सले पाँच हजार सात सय ३२ जनाको कोरोना बीमा गरी करिब ३१ लाख ८२ हजार रुपैयाँ बीमाशूल्क संकलन गरेको छ।  कम्पनीले हालसम्म पाँच सय ६९ बीमालेख जारी गरेको छ।  

प्रिुडियन्सीयल इन्स्योरेन्सले दुई सय ७५ बीमालेख जारी गरी पाँच हजार दुई सय ९६ जनाको कोरोना बीमा गरेको जनाएको छ।  कम्पनीले यी बीमालेख बिक्रि गरी करिब २६ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको हो।  

सो अवधीमा ओरियण्टल इन्स्योरेन्सले चार हजार आठ सय १६ जनाको बीमा गरी करिब साढे २३ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेको छ।  कम्पनीले एक सय ४१ बीमालेख जारी गरेको छ।  

जनरल इन्स्योरेन्सले पाँच सय ४२ बिमालेख बिक्रि गरी करिब २५ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ।  कम्पनीले सो अवधीमा चार हजार ६ सय आठ जनाको बीमा गरकोका जनाएको छ।  

सो अवधीमा प्रभु इन्स्योरेन्सले चार हजार आठ जनाको बीमा गरेकोछ।  करिब साढे २० लाख रुपैयाँ बीमाशूल्क संकलन गरेको कम्पनीले एक सय ३९ बीमालेख बिक्रि गरेको हो।  

त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्सले करिब १८ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ।  कम्पनीले दुई सय ५७ बीमालेख जारी गरी तीन हजार दुई सय आठ जनाको बीमा गरेको जनाएको छ।  

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १९ जना बीमालेख जारी गरेको छ।  तीन हजार जनाको बीमा गरेको कम्पनीले हालसम्म १६ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ।  

सो अवधीमा सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले कोरोना बीमा गरेको छ।  दुई सय २१ बीमालेख जारी गर्दै कम्पनीले दुई हजार ३५ जनाको बीमा गरी करिब साढे ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।  

बीमा समितीका अनुसार कोरोना बीमा अन्तर्गत श्रेणी क ले एक लाख रुपैयाँ र श्रेणी ख ले ५० हजार रुपैयाँ बराबरको जोखिम बहन गर्छ।  

श्रेणी ‘क’ को बिमा गर्न एक हजार रुपैयाँ बीमाशूल्क तिर्नूपर्छ भने परिवारका अन्य सदस्यको बीमा गरेमा प्रतिव्यक्ति थप ६ सय रुपैयाँ शूल्क लाग्छ।  यस बीमा योजनामा बढीमा एक लाख रुपैयाँ क्षतिपुर्ति दिईनछ।  

त्यसैगरी, श्रेणी ‘ख’ को बीमाशूल्क प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमाशूल्क निर्धारण गरिएको छ।  परिवारका अन्य सदस्यको बीमा गरे प्रतिव्यक्ति तीन सय रुपैयाँ थप शूल्क लाग्ने व्यवस्था छ।  समितीका अनुसार श्रेणी ख को बीमा गर्दा ५० हजार रुपैयाँ क्षतिपुर्ति भुक्तानी हुनेछ।  

 

 

 

प्रकाशित: १० जेष्ठ २०७७ १५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App