८ वैशाख २०८१ शनिबार
अर्थ

गोरखामा निर्माणको काम नरोकिने, बैंक हप्तामा दुई दिन खुल्ने

गोरखा – कोरोना भाइरस नियन्त्रण रोकथाम र व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको (सोमवार) आज बसेको बैठकले बित्तिय संस्था सातामा दुई दिन खोल्न दिने निर्णय गरेको छ । सर्वसाधारण नागरिक र ब्यापारीको सजिलोका लागि र कोरोनाको संभावित संक्रमणबाट सर्वसाधारणलाई जोगाउन मंगलवार र शुक्रवार मात्रै बैंक, बिमा कम्पनी, सहकारी खुल्ने भएका हुन् ।  

‘सामाजिक दुरी कायम गरि, टोकन प्रणालि लागु गरेर सेवा दिनुपर्नेछ’ बैठकको निर्णयबारे बताउँदै प्रशासकिय अधिकृत हर्क रोकाले भने । यस अघि जेठ १ गतेदेखि आज सम्म गोरखालाई ‘सिल’ गरेसँगै बित्तिय कारोबार बन्द भएको थियो । विकास निर्माणका योजना अघि बढाउने निर्णय भएपनि निर्माण सामग्री अभावमा काम हुन सकेको थिएन । ब्यवशायीको गुनासोपछि बिहान ६ देखि बेलुकी ६ बजे सम्म निर्माण सामग्री ढुवानी गर्न पाउने निर्णय बैठकले गरेको छ । आयोजना सञ्चालन गर्ने कार्यालयको सिफारिस र स्थानीय तहको अनुमतीमा बिहान निर्माण ब्यवशायीले काम गर्न पाउने भएका हुन् । कामदार नभएका कारण समस्या भएको गुनासो उनीहरुको छ । खाद्यान्न, दाना लगायतका ढुवानी पनि बिहान ६ देखि बेलुकी ६ बजे भित्र गरिक्नुपर्नेछ ।

नाकामा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, जनप्रतिनिधि र सञ्चारकर्मीको कोरोना परीक्षण गर्ने, जिल्लामा कोभिड – १९ चेकजाँचका लागि चाहिने आवश्यक सामग्री प्रदेश सरकार सँग माग गर्ने निर्णय बैठकले गरेको छ । अन्तरजिल्ला पशुपंक्षी ढुवानी भने दिउँसो ३ देखि साँझ ६ बजे सम्म मात्र गर्न पाईने भएको छ । नाकामा रहेका गोरखाबासी जिल्ला भित्रिएमा संम्बन्धित पालिकाको क्वारेन्टिनमा राखिने भएको छ । बैठकले सरकारले घोषणा गरेको जेठ २० गते सम्मको बन्दाबन्दीलाई कडाईकासाथ लागु गराउने निर्णय समेत गरेको छ ।  

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App