coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

९ महिनाको बीमाशूल्क साढे ४० अर्ब

चालु आर्थिक वर्ष ०७६/०७७ को चैत मसान्तसम्म मुलुकका जीवन तथा निर्जीवन बीमा कम्पनीले झण्डै साढे ४० अर्ब रुपैयाँ बीमाशूल्क संकलन गरेका छन् ।  

जीवन तथा निर्जीवन बीमा कम्पनीले चैत मसान्तसम्म करिब ४० अर्ब ४५ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।  

समितीका अनुसार चालु आवको नौ महिनामा जीवन बीमा कम्पनीले करिब २१ अर्ब २२ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १९ अर्ब २३ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेका छन् ।  

बीमा समितीका अनुसार चालु आवको नौ महिनामा जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स र सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशूल्क आर्जन गरेका छन् ।  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले करिब १८ अर्ब ७० करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । उक्त रकम आर्जन गरेसँगै कम्पनी बीमाशूल्क अधिक आर्जन गर्ने पहिलो स्थानमा रहेको छ ।  

समितीका अनुसार लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) अधिक बीमाशूल्क आर्जन गर्नै दोस्रो कम्पनीको रुपमा रहेको छ । कम्पनीले सो अवधीमा १० अर्ब ३८ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेको जनाएको छ ।  

त्यसैगरी, तेस्रो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले सो अवधीमा ६ अर्ब ५० करोड रुपैयाँ बिमाशूल्क आर्जन गरेको हो ।  

समितीका अनुसार चालु आवको तेस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच अर्ब ६४ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरी चौथौ स्थानमा रहेको छ ।  

पाँचौ स्थानमा रहेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब १९ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ ।  

समितीका अनुसार सो अवधीमा मेट लाइफ इन्स्योरेन्सले तीन अर्ब चार करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । उक्त रकम बीमाशूल्क आर्जन गरेसँग कम्पनी छैटांै स्थानमा रहेको छ ।  

त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सले तीन अर्ब एक करोड रुपैयाँ बीमाशूल्क आर्जन गरी सातांै स्थानमा रहेको छ ।  

समितीका अनुसार सो अवधीमा प्राइम लाइफ इन्स्योरेन्सले दुई अर्ब २१ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरी आठौं स्थानमा रहेको छ ।  

नवांै स्थानमा रहेको सुर्या लाइफ इन्स्योरेन्सले एक अर्ब ८५ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । त्यसैगरी, दशांै स्थानमा रहेको गुराँस लाइफ इन्स्योरेन्सले एक अर्ब ३७ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको समितीले जनाएको छ ।  

समितीका अनुसार सोही अवधीमा सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब २७ करोड, रिलायवल लाइफ इन्स्योरेन्सले एक अर्ब २५ करोड र ज्योती लाइफ इन्स्योरेन्सले एक अर्ब १४ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् ।  

त्यसैगरी, सो अवधीमा ६ जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ भन्दा कम बीमाशुल्क आर्जन गरेका छन् ।  

आईएमई लाइफ इन्स्योरेन्सले ८८ करोड, सन नेपाल लाइफ इन्स्योरेन्सले ८५ करोड, रिलायन्स लाइफ इन्स्योरेन्सले ७३ करोड, सानिमा लाइफ इन्स्योरेन्सले ५७ करोड, प्रभु लाइफ इन्स्योरेन्सले ५२ करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले करिब ४० करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको समितीले जनाएको छ ।  

त्यसैगरी, सोही अवधीमा २० मध्ये १९ निर्जीवन बीमा कम्पनीले करिब १९ अर्ब २३ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् ।  

उक्त बीमाशूल्क रकम सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी बाहेकका अन्य निर्जीवन बीमा कम्पनीको हो ।  

समितीका अनुसार चालु आव ०७६÷०७७ को चैत मसान्तसम्मको अवधीमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनी र सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले बीमाशूल्क आर्जन गरेका छन् ।  

सो अवधीमा प्रथम स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनीले दुई अर्ब ३२ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । उक्त रकम अन्य कम्पनी भन्दा अधिक हो ।  

त्यसैगरी, सगरमाथा इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमास अवधीमा करिब एक अर्ब ७० करोड रुपैयाँ बीमाशूल्क संकलन गरी दोस्रो स्थानमा हरेको छ ।  

समितीका अनुसार चालु आवको चैत मसान्तसम्म तेस्रो बढी बीमाशूल्क आर्जन नेको इन्स्योरेन्स कम्पनीले गरेको छ । एक अर्ब ६२ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको कम्पनीले वित्तीय विवरण प्रशासित गरेको छ ।  

चौथो स्थानमा हरेको सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ५० करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । सो अवधीमा एनएलजी इन्स्योरेन्सले एक अर्ब ३१ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरी पाँचौ स्थानमा रहेको छ ।  

त्यसैगरी, प्रिमियर इन्स्योरेन्सले एक अर्ब ३० करोड रुपैयाँ बीमाशूल्क आर्जन गरी छैटांै स्थानमा हरेको छ भने सातांै स्थानमा रहेको प्रभु इन्स्योरेन्सले एक अर्ब आठ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको समितीले जनाएको छ ।  

सो अवधीमा एक दर्जन निर्जीवन बीमा कम्पनीले एक करोड रुपैयाँ भन्दा कम बीमाशूल्क आर्जन गरेका छन् ।  

आइएमई जनरल इन्स्योरेन्सले ९९ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरी आठांै अधिक बीमाशूल्क आर्जन गर्ने कम्पनीको रुपमा रहेको छ ।

समितीका अनुसार नवांै स्थानमा रहेको लुम्वीनि जनरल इन्स्योरेन्सले ८७ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ भने नेपाल इन्स्योरेन्स इन्स्योरेन्सले ८६ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरी दशांै स्थानमा रहेको छ ।  

त्यसैगरी, सोही अवधीमा हिमालयन जनरल इन्स्योरेन्सले ८६ करोड, पु्रडेन्सियल इन्स्योरेन्सले ८३ करोड, ओरियन्टल इन्स्योरेन्सले ७९ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको समितीले जनाएको छ ।  

एभरेष्ट इन्स्योरेन्सले  ७४ करोड, नेशनल इन्स्योरेन्स कम्पनीले ६१ करोड, अजोड इन्स्योरेन्सले ६१ करोड, युनाइटेड इन्स्योरेन्सले ५६ करोड, जरनल इन्स्योरेन्सले ४२ करोड र सानिमा इन्स्योरेन्स कम्पनीले २६ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेको समितीले जनाएको छ ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App