coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनुमति नपाउँदा रिङ्ग रोड अधुरै

ग्रावेल तयारीमा विरेन्द्रनगरस्थित रिङ्ग रोड। तस्विर: गोविन्द केसी/नागरिक

आवश्यक मापदण्ड पुरा गरेर सुर्खेतको विरेन्द्रनगरमा निर्माणधिक रिङ्ग रोड निर्माणका लागि जिल्ला प्रशासन कार्यालयमा अनुमति माग्दा समेत नपाएपछि काम रोकिएको छ। वैशाख १२ गते प्रशासनमार्फत निर्माणका लागि निवेदन दिइएपछि अहिलेसम्म जवाफ नआउँदा निर्माण कार्य अघि बढ्न नसकेको हो।  

ग्रावेलको तयारीमा रहेको उक्त सडक जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्माण अनुमति रोकिएको सडक डिभिजन कार्यालय चौरजहारी रुकुमले जनाएको छ। चौरजहारी रुकुममार्फत ठेक्का प्रकृया अन्र्तगत रिङ्ग रोडको काम अघि बढेको हो।

सबैै प्रकृया पुरा गरेर वैशाखको १२ गते निर्माण अनुमतिका लागि सडक डिभिजन कार्यालय चौरजहारी रुकुमबाट जिल्ला प्रशासन कार्यालय सुर्खेतसंग अनुमति मागे पनि अहिलेसम्म जवाफ नआएको डिभिजन कार्यालयका साईट ईन्चाज तथा इन्जिनियर नेक्रविलाश पौडेलले बताए।  

२९ किलोमिटर रिङ्ग रोड लागि १३ करोड ५३ लाख (भ्याट बाहेक) मा सम्झौता भई निमाण चरणमा रहेको छ। रिङ्ग रोड २०७४ चैत्रमा सम्झौता भई २०७७ असारमा काम सक्नुपर्ने छ। १ वर्ष भ्याद थप गर्न मिल्ने कानुनी ब्यवस्था छ। रिङ्ग रोड निर्माणभए विरेन्द्रनगरका ग्रामिणबस्तीका स्थानीयहरु लाभान्वित हुने सडक डिभिजन कार्यालय चौरजहारी रुकुम पश्चिमका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए।

‘आवश्यक सम्पूर्ण सामाग्री सहित निर्माणका लागि तयारी पुरा भएको छ।’ डिभिजन प्रमुख भट्टले भने, निर्माण अनुमति नआउँदा कामअघि बढाउन समस्या भएको छ।’ यो ठेक्कामा वर्ष ग्रावेलर सडक चौडा गर्ने काम रहेको रहेको निर्माण कम्पनी खड्क कृष्ण क्याराभान जेभीले जनाएको छ। निर्माण अनुमती मात्रै पाए, कामदार र निर्माण सामाग्री तयारी अवस्थामा रहेकाले ग्रावेलको काम सकिने निर्माण कम्पनीका कर्मचारी जनक मुक्तानले बताए।

सडक डिभिजन कार्यालयका अनुसार २० प्रतिशत काम भएको छ। कामका लागि आवश्यक कामदार र सामाग्रीहरु तयारी अवस्थामा रहेको जनाइएको छ। यो बजेटबाट सुब्बाकुनाबामेखोला अवलचौर लोबस्ता ठउरी हुँदै बांगेसिमल जोडिने छ। रिङ्ग रोडले त्यहाको बस्ती प्रभावित हुनेछन्। निर्माण अनुमती मागेका सवै योजनालाई अनुमती दिन नसकिने र आवश्यकता हेरेर मात्र अनुमति दिइने सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। 

प्रकाशित: ४ जेष्ठ २०७७ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App