७ वैशाख २०८१ शुक्रबार
अर्थ

८३ हजारले गरे कोरोना बीमा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएपछि आर्थिक संकट टार्न सूरु गरिएको ‘कोरोना बीमा’प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। मुलुकमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै कोरोना बीमा गर्नेको संख्या पनि बढ्दै गएको सम्वन्धित व्यवसायिहरुले बताएका छन्। 

वैशाख ७ गते बीमा समितीको रहोवरमा नेपाल पूनर्विमा कम्पनी सहित निर्जीवन बीमा कम्पनीसँग छलफल गरी कोरोना बीमा कार्यक्रम लागु भएको थियो। 

कोरोना भाइरस संक्रमण भएपछि उत्पन्न हुने आर्थिक समस्या समाधानका लागि उपयोग हुने भएकाले छोटो अवधिमा कारोना बीमा सर्वसाधारणको रोजाईमा परेको हो। 

नेपाल विमक संघको नेतृत्वमा पुल मार्फत सूरु भएको कोरोना बीमा गर्नैको संख्या हालसम्म ८३ हजार तीन सय ४३ जना पुगेको छ। 

कोरोना बीमा सूरु भएको २८ दिनको अवधीमा करिब चार करोड ५५ लाख ७४ हजार रुपैयाँ बीमा शूल्क संकलन भएको नेपाल बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले बताए। 

‘महामारीका कारण उत्पन्न हुने आर्थिक अभाव सल्टाउन मद्दत पुग्ने र बीमा शूल्क पनि धेरै नभएका कारण खासगरी उच्च वर्गका रोजाइमा नपरेपनि अन्य वर्गले यस बीमा कार्यक्रमलाई आशाको दियोको रुपमा लिने गरेको छन्’ उनले भने, ‘विपत्तको समयमा सुरु गरिएको यस बीमा आउँदो आगामी वर्षमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले कोरोना बीमालाई अझ प्रभावकारी रुपमा अगाडि बढ्ने आशा गरेका छौं।’

हुने खाने परिवार बाहेक मध्यम तथा न्यून आय भएका वर्गलाई कोरोना बीमाको दावि भुक्तानी ठूलो रकम भएकाले यो बीमा मुलुकका सबै स्थानीय तहमा पुग्नु पर्नै उनको तर्क रहेको छ। 

यसअघि पनि मुल मार्फत नै मुलुकमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले कारोनाका कारण सर्वसाधारणहरु अझ बढी सजग हुँदै गएका छन्। कोरोना कारण थला पर्दा आर्थिक सहयोग पुग्ने भएकाले यस बीमातर्फ आकर्षण बढ्दै गएको पाण्डेको भनाई छ। 

निर्जीवन बीमा सम्वन्धी सेवा प्रदायक कम्पनी शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनको कम्पनीले सबैभन्दा बढी कोरोना बीमालेख जारी गरी अग्र स्थानमा रहेको छ। 

कम्पनीले सो अवधीमा एक हजार आठ सय ८३ कोरोना बीमालेख जारी गरी करिब एक करोड १५ लाख बीमाशूल्क (प्रिमियम) संकलन गरेको उनले बताए। 

त्यसैगरी, सो अवधीमा सबैभन्दा कम कोरोना बीमालेख सानिमा इन्स्योरेन्स कम्पनीले गरेको छ। कम्पनीले ६ सय ९ कोरोना बीमालेख जारी गरी करिब तीन लाख ४५ हजार रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ। 

सरकारले आगामी बजेटमा बीमा क्षेत्र लगायत कृषि, पशुपालनलाई पनि प्राथमिकतामा राखेकाले बीमा कम्पनीहरु लकडाउन खुलेपछि यी क्षेत्रमा थप बीमा गर्न उत्साहित भएका छन्। 

‘आगामी आवको बजेटमा यसअघि प्रचलनमा ल्याइएका बीमा पोलिसी मात्र निन्तरता निदे मात्र नभई केही नयाँ बीमा पोलिसी पनि थप्नु पर्नै वेला भएको छ’ उनले भने, ‘निर्जीवन बीमा क्षेत्रको लागि अहिलको अवस्थामा सम्पतीको बीमा उत्तम व्यापार हुनुसक्छ। ’

कोरोना भाइरसका कारण मुलकका बैंक वित्तीय संस्थाको ब्यापार घट्दै गएका वेला सम्वन्धित निकायले अब सम्पतीको पनि बीमा लागु गर्न पहल थाल्नुपर्छ। 

हाल सञ्चालनमा रहेको कोरोना बीमा क र ख श्रणीमा जारी गरेको बीमा समितीका कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए। 

‘कोरोना बीमा गर्न श्रेणी क ले एक लाख रुपैयाँ र श्रेणी ख ले ५० हजार रुपैयाँ बराबरको जोखिम बहन हुन्छ’ उनले भने,‘ श्रेणी ‘क’ को बीमा गर्न एक हजार रुपैयाँ प्रिमियम रकम भुक्तानी गर्नूपर्छ भने परिवारका अन्य सदस्यको बीमा गरेमा प्रतिव्यक्ति थप ६ सय रुपैयाँ शूल्क लाग्छ। ’ 

त्यसैगरी, श्रेणी ‘ख’ को बीमा शूल्क प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शूल्क निर्धारण गरिएको उनले बताए। यस योजनामा परिवारका अन्य सदस्यको बीमा गरे प्रतिव्यक्ति तीन सय रुपैयाँ थप शूल्क लाग्ने व्यवस्था छ। 

अन्य बीमालेख खरिद गर्न बीमा गर्नै मानिसको हस्ताक्षर अनिवार्य भएपनि कारोना बिमाका लागि ‘अण्डर राइटिङ्’ आवश्यक नभएकाले अनलाईनवाटै बिमा गर्न सकिन्छ भने अनलाईन बाटै दावि भुक्तानी समेत गर्न सकिने उनले सझाए। 

कारोना रोग लागीसकेपछि बीमा गर्दा दावि भुक्तानी नहुने बताउँदै उनले यसका लागी १४ दिनको ‘कुलिङ् पिरीयड’ रहेको समेत बताए। बीमा गरेको मासिनको १४ दिनपछि ‘पिसीआर’ परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएमा तत्काल अनलाईनका माध्यमवाट पीडितलाई दावि भुक्तानी हुने व्यवस्था रहेको उनले प्रस्ट पारे। 

कारोना बीमाको जोखिम बहन २० प्रतिशत नेपाल पूनर्विमा कम्पनी र बाँकी निर्जीवन बीमा कम्पनीले वेहोर्नै सर्तमा यो कार्यक्रम सञ्चालन भएको हो। 

घरमै बसेर आफुलाई पाई पर्नै बीमा कम्पनीमा सम्पर्क गरी  कोरोना बीमा गर्न सकिने भएकाले सबैले आफु अनि परिवारलाई सुरक्षित राख्न संघका अध्यक्ष पाण्डेले बताए। 

प्रकाशित: ३ जेष्ठ २०७७ १५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App