coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण अनुमति नपाउँदा काम ठप्प (अपडेट)

अनुमती नपाउँदा काम रोकिएको ग्रावेल गर्न ठिक्क पारिएको सुर्खेतस्थित रिग रोड सडक । तस्विर : गोविन्द केसी / नागरिक

दैलेख – भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेश अन्र्तगतका ठुला योजनाहरु निर्माण सामाग्री ल्याउने र काम गर्ने अनुमति नपाउँदा काम ठप्प भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सामान ल्याउनका लागि पास नदिँदा  योजनाहरुको काम रोकिएको हो ।  

सरकारले तोकेअनुसार मापदण्ड पुरा गरेर निर्माण अनुमती मागेपछि प्रशासन कार्यालयबाट अनुमती नपाउँदा काम प्रभावित भएको हो । कामदारदेखी अन्य सामग्रीहरु तयारी अवस्थामा भएपनि सिमेन्ट र सरिया ल्याउन सवारी पास नदिदाँ काम रोकिएको मन्त्रालयले जनाएको छ । लामो समयदेखीको लकडाउनका कारण काम रोकिएका ती योजनामा अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट पास नदिँदा योजनाको काम गर्न नसकिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सडकका ५ करोडभन्दा माथिका ५० योजना मन्त्रालय मार्फत सञ्चालनमा रहेका छन् । सिचाई, टठबन्ध, सडकका योजना पनि रहेका छन् । अहिले मन्त्रालयले काम गर्न सक्ने निर्माण कम्पनी दिएको निवेदनका आधारमा अनुमती मागेको थियो । ३५ योजनाका लागि निर्माण सामाग्री ल्याउन पास उपलब्ध गराउन जिल्ला प्रसाशन कार्यालयमा मन्त्रालयले पत्र पठाएको थियो । ती मध्ये ७ वटा मात्र पास उपलब्ध भएको जनाईएको छ । सुर्खेत बाहेक अन्य जिल्लामा सम्वन्धी जिल्ला प्रशासन कार्यालय मार्फत पासको ब्यवस्था गरिएको छ । आवश्यक सम्पूर्ण मापदण्ड पुरा गरेर निर्माण सामाग्री तथा निर्माणका लागि जिल्ला प्रशासन मार्फत अनुमती मागेपनि अनुमति नपाएको भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका कामु सचिव धर्मेन्द्र झाले बताए । मन्त्रालयबाट यो आर्थिक वर्षमा १२ अर्वको विकास बजेट रहेको छ । त्यसमध्ये १८ प्रतिशत खर्च भएको छ । भौतिक प्रगती ३० प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।  

सुर्खेत हुँदै अन्या जिल्लामा जाने सवारी साधन पनि पास भएपनि सुर्खेतमा रोकिने गरेको गुनासो व्यवसायीले गरेका छन् ।  लामो समयदेखी निर्माण सामान ल्याएकाा गाडीहरु सुर्खेतमा रोकिएको गुनासो दैलेखका निर्माण ब्यवसायी राजेश कुमार हमालले गरे । प्राथमिकता निर्धारण गरेर अति आवश्यक योजनालाई मात्र अनुमति दिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘निर्माण अनुमती मागेका सवै योजनालाई अहिले दिन सकिएको छैन् ।’ प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने, आवश्यक अनुसार मात्रै अनुमती दिईएको छ । अवस्था हेरेर अनुमति दिएका छौं । सवै योजनाको बन्द खुलेपछि मात्रै काम गर्न सहज हुनेछ ।’

 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App