३० असार २०७७ मंगलबार
अर्थ

११ वाणिज्य बैंकको वित्तीय विवरण प्रकाशित, कसको नाफा कति?

काठमाडौं-चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका अधिकांस वाणिज्य बैंकको नाफामा वृद्धि भएको छ। मुलुकमा २७ वाणिज्य बैंक सञ्चालनमा रहेकोमा हालसम्म ११ बैंकले वित्तीय विवरण प्रकाशित गरेका हुन्। 

चैत मसान्तसम्मको वित्तीय विवरण प्रकासित गरेका बैंकमध्ये माछापुच्छ्रेबैंकको आठ करोड र नविल बैंकको करिब चार करोड रुपैयाँ खुद नाफा घटेको जनाएका छन्। 

सो अवधीमा सबैभन्दा बढी नबिल बैंकले करिब तीन अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको छ। उक्त रकम गत आवको सोही अवधीको तुलनामा करिब चार करोड रुपैयाँले कम हो। बैंकले गत आवको तेस्रो त्रैमासको अवधीमा करिब तीन अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

त्यसैगरी, बैंकले करिब एक खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ४९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ। 

बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी, १२ अर्ब ७६ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ भने प्रतिसेयर आम्दानी ४१ दशमलव ७१ रुपैयाँ छ। 

ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमासमा दुई अर्ब ७० करोड रुपैयाँ नाफा गरेको छ। उक्त नाफा गत आवको तुलनामा करिब ८३ करोड रुपैयाँले बढी हो। 

बैंकले गत आवको सो अवधीमा करिब एक अर्ब ८७ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी २२ दशमलव १६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ५० दशमलव ६५ रुपैयाँ रहेको छ। 

एनआईसी एशिया बैंकले चालु आवको चैत मसान्तसम्म करिब दुई अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ। उक्त नाफा गत आवको तुलनामा करिब २२ करोड रुपैयाँले बढी हो। 

बैंकले गत आवको सोही अवधीमा करिब दुई अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सो अवधीमा करिब एक अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह तथा एक अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

एभरेष्ट बैंकले चालु आवको तेश्रो त्रैमासमा करिब दुई अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको छ। उक्त नाफा गत आवको सोही अवधीको तुलनामा करिब १४ करोड रुपैयाँले बढी हो। बैंकले गत आवको सोही अवधिमा दुई अर्ब २१ करोड रुपैयाँ नाफा गरेको थियो। 

हाल बैंकको चुँक्ता पूँजी करिब आठ अर्ब ५१ करोड रुपैयाँ र जगेडा कोषमा सात अर्ब ८१ करोड रुपैयाँ रहेको छ। 

हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा करिब दुई अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ। 

उक्त रकम गत आवको सोही अवधीको तुलनामा करिब २९ करोड ७६ लाख रूपैयाँ बढी हो। बैंकले गत आवको सो अवधिमा दुई अर्ब एक करोड रुपैयाँ नाफा कमाएको थियो।

हाल बैंकको चुक्ता पूँजी नौ अर्ब ३७ करोड, जगेडा कोषमा ६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।बैंकले समीक्षा अवधिमा बैंकले एक खर्ब १६ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी करिब एक खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ। 

प्राइम कर्मशियल बैंकले चालु आवको तेस्रो त्रैमासमा करिब दुई अर्ब तीन करोड रुपैयाँ नाफा गरेको छ। बैंकले कैलाश विकास बैंकलाई प्राप्ती (एक्विजीसन) गरी गत फागुन २९ गतेवाट एकीकृत कारोबार सूरु गरेको थियो। 

बैंकको उक्त नाफा गत आवको सोही अवधीको तुलनामा करिब साढे ४८ करोड रुपैयाँ बढी हो। बैंकले गत आवको चैत मसान्तसम्म एक अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको थियो। 

त्यसैगरी, बैंकले सो अवधीमा एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब एक खर्ब ११ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको बैंकले जनाएको छ। 

बैंकको प्रतिसेयर आम्दानी १९ दशमलव ३६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ४४ दशमलव ६२ रुपैयाँ छ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड, जगेडा कोषमा ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। त्यसैगरी, एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ८८ करोड रुपैयाँ खुद नाफा गरेको छ। उक्त नाफा गत आवको तुलनामा करिब २३ रुपैयाँले बढी हो। 

बैंकले गत आवको सो अवधीमा करिब एक अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले सो अवधीमा करिब एक खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब एक खर्ब १५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। 

बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९५ करोड रुपैयाँ, जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।प्रतिसेयर आम्दानी १८ दशमलव ६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ४६ रुपैयाँ रहेको बैंकले जनाएको छ।

त्यसैगरी, मेगा बैंक प्रकाशित गरेको वित्तीय विवरण अनुसार करिब एक अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ। उक्त रकम गत आवको सोही अवधीको तुलनामा करिब २३ करोड रुपैयाँले बढी हो। 

बैंकले गत आवको चैत मसान्तसम्म एक अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले सो अवधीमा ८५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब ७८ अर्ब ७४ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३२ दशमल १९ रुपैयाँ रहेको छ। 

माछापुच्छ्रे बैंकले एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ। उक्त रकम गत आवको तुलनामा करिब आठ करोड रुपैयाँले कम हो। बैंकले गत आवको सो अवधीमा करिब एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको हाल आठ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी, दुई अर्ब ७९ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ। सो अवधीमा बैंकको प्रतिसेयर आम्दानी एक दशमलव १७ रुपैयाँले घटेर १५.३९ रुपैयाँमा झरेको छ। 

सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब नौ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

उक्त नाफा गरेको आवको सोही अवधीको तुलनामा दुई करोड रुपैयाँले बढी हो। बैंकले गत आवको सोही अवधीमा एक अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। 

समीक्षा अवधिमा बैंकले करिब दुई अर्ब २४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। त्यसैगरी, बैंकले करिब डेढ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ। 

हाल बैंकको चुक्ता पुँजी आठ अर्ब ६२ करोड, जगेडा कोषमा तीन अर्ब ४९ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १६ दशमलव ८७ रुपैयाँ रहेको छ। 

सेञ्चुरी कमर्शियल बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधीमा करिब ९१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। उक्त नाफा गत आवको तुलनामा साढे ३० करोड रुपैयाँ बढी हो। बैंकले गत आवको चैत मसान्तसम्म करिब ६१ करोड ६ लाख रुपैयाँ नाफा गरेको थियो। 

बैंकले सो अवधीमा एक अर्ब २७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ। हाल बैंकको चुक्ता पूँजी आठ अर्ब ४१ करोड, जगेडा कोषमा एक अर्ब ७९ करोड रुपैयाँ रहेको छ।  त्यसैगरी, बैंकले सो अवधीमा ५८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी गरेको छ भने करिब ५८ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

 

प्रकाशित: ३१ वैशाख २०७७ १७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App