१६ चैत्र २०८० शुक्रबार
अर्थ

क्यान महासंघले ज्ञापनपत्र बुझायो

काठमाडौं, – सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्र नसमेटिएको भन्दै क्यान महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा सरकारले सीमित उद्योगधन्दा सुचारु गर्ने निर्णय गरे पनि सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई  सञ्चालन अनुमति नदिइएकोमा सरकारको ध्यानाकर्षण गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक, कम्प्युटर तथा मोबाइल मर्मत केन्द्र, हार्डवेयर बिक्रेता र सफ्टवेयर एवं एप्लिकेसन निर्माता कम्पनीले संकटको समयमा अत्यन्तै महत्वपूर्ण सुविधा उपलब्ध गराएको जनाउँदै महासंघले लकडाउनका कारण कर्मचारी तथा कामदारलाई आवश्यक परेका स्थान तथा कार्यालयमा पठाउन र सेवा दिन अत्यन्तै असुविधा परेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो क्षेत्रको महत्व र संवेदनशीलतालाई मनन गरी सरकारले तत्कालै वातावरण सहज गराउनमा ध्यान दिनसमेत महासंघले ध्यानकर्षण गरेको छ ।

प्रकाशित: २८ वैशाख २०७७ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App