१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

साल्ड ट्रेडिङको डिपोबाटै अखाद्य नुन

फाइल तस्बिर।

जुम्ला, – जिल्लाको नराकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपोले अखाद्य नुन बेचेपछि डिपोमै सिल गरिएको छ । 

हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा गाउँपालिकाले भन्दाभन्दै डिपोले म्याद सकिएको नुन बेचेको बताउँछन् । उनका अनुसार राहतको लागि नुन खरिद गर्नुपूर्व डिपोप्रमुखलाई राम्रो नुन उपलब्ध गराउन आग्रह गरे पनि खासै फरक नपर्ने भन्दै अखाद्य नुन भिडाइएको थियो । 

जुम्ला सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल डिपोमा २०१३ लेखेको नुन पनि रहेको बताउँछन् । हिमा गाउँपालिकामा ४० बोरा नुन २०१६÷२०१७ लेखेको छ । राहतको नाममा म्याद सकिएको नुन बाँडेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले चैत २८ गते नुनको गुणस्तर सम्बन्धमा स्पष्टीकरण पनि सोध्यो । तर उसले मागेको विवरण उपलब्ध गराउन सकेन । 

उक्त नुन नबेच्न जिल्ला प्रशासन कार्यालय जुम्लाले दिएको आदेश समेत नटेरेपछि डिपो नै सिल गरिएको छ । डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनुका साथै भवनबाहिर रहेको ४८ बोरा नुन समेत सिल गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

प्रकाशित: ७ वैशाख २०७७ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App