coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हुलाकी राजमार्गको प्रगति ४९ प्रतिशत

फाइल तस्बिर।

काठमाडौं, - राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको भौतिक प्रगति ४९ प्रतिशत पुगेको छ । यस अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये हालसम्म चार सय १३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । हालसम्म ३१ सय ६९ सय करोड (४८.६२ प्रतिशत) वित्तीय प्रगति भएको सडक विभागको प्रतिवेदनमा उल्लेख छ । 

तराई क्षेत्रमा रहेको हुलाकी मार्गलाई स्तरोन्नति गरी पूर्व–पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा विकास गर्ने उद्देश्यले आर्थिक वर्ष ०६५-६६ मा यो आयोजना सुरु गरिएको हो ।

सरकारले आर्थिक वर्ष ०७९-८० मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरेको हुलाकी राजमार्गको निर्माण कार्य लगभग ५० प्रतिशत सम्पन्न भएको छ । सरकारले ४७ अर्ब २४ करोड रुपैयाँ प्रारम्भिक अनुमान गरेको यो आयोजनाको लागत बढेर अहिले ६५ अर्र्ब २० करोड रुपैयाँ पुगेको छ । 

हुलाकी राजमार्गको १७ सय ९२ किलोमिटरमध्ये हालसम्म चार सय १२ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ । त्यसैगरी, तीन सय ७६ किलोमिटर ग्राभेल भएको छ । दुई सय १९ वटा पुल निर्माण गर्नुपर्नेमा ९० वटा निर्माण सम्पन्न भइरहेका छन् । पाँच सय ४४ किलोमिटर सडकमध्ये तीन सय किलोमिटरको ठेक्का सम्झौता भइसकेको छ । एक सय ४४ किलोमिटरको ठेक्का सम्झौता हुन सकेको छैन ।

हुलाकी राजमार्गले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यभन्दा धेरै सडक कालोपत्रे गरेको छ । हुलाकी राजमार्ग निर्देशनालयले चालु आर्थिक दोस्रो चौमासिकमा ७० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । तर साढे ९२ किलोमिटर कालोपत्रे गरेको छ । त्यसैगरी २५ किलोमिटर ग्राभेल गर्ने लक्ष्य राखेकोमा ४६ किलोमिटरको काम सकिएको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयले चालु आर्थिक वर्षमा यो आयोजनाको तीन सय ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा आठ महिनामा एक सय ४२ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । त्यसैगरी, ७१ किलोमिटर ग्राभेल र पाँचवटा पुल निर्माण सम्पन्न भएको जनायो । निर्देशनालयले चालु आर्थिक वर्षको आठ महिनाको समग्र भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३१ प्रतिशत भएको जनायो । 

सरकारले यो आयोजनाको लागि चालु आवमा १३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर आयोजनाले चालु आवको आठ महिनाको अवधिसम्म पर्याप्त बजेट खर्च गर्न समेत सकेको छैन । आयोजनाले चालु आवको तीन अर्ब ४२ करोड ९५ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । गत आर्थिक वर्ष ०७५÷७६ सम्म दुई सय ७० किलोमिटर सडक कालोपत्रे भएको थियो । त्यसैगरी, तीन सय २५ किलोमिटिर सडक ग्राभेल र ८१ वटा पुल निर्माण सम्पन्न भएको थियो । 

प्रकाशित: ७ वैशाख २०७७ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App