८ वैशाख २०८१ शनिबार
अर्थ

एक महिना पछाडी उत्पादन हुने स्यानिटाइजर बजारमा !

मे महिनाको उत्पादन मिती राखेर बजारमा बिक्री भइरहेको स्यानिटाइजर । खैरेनीटारस्थित एक मेडिकलमा अनगुमन गरिदैँ । तस्बिर : विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- शुक्लागण्डकी नगरपालिकाले आइतबार नगरक्षेत्रमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको छ। कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको बेलामा अत्याधिक प्रयोगमा आउने मास्क र स्यानिटाइजरमा हुने कालोबजारी रोक्न स्वास्थ्य शाखाले यहाँको दुलेगौँडा र खैरेनीटार बजारका मेडिकल, पोलिक्लिनक र फार्मेसीमा अनुगमन गरेको हो।

अनुगमनमा आगामी महिनाको उत्पादन मिती राखेर बजारमा स्यानिटाइजर बिक्री वितरण भईरहेको फेला परेको छ। अहिले अप्रिलको दोस्रो साता चल्दैछ। उत्पादन मिती मे २०२० राखेर लाइफ पोस्ट हेल्थ केयर एण्ड फिटनेस काठमाडौँद्धारा उत्पादित स्यानिटाइजर भेटिएको स्वास्थ्य शाखाले जनाएको छ। कालिका मेडिकल खैरेनीटारमा ९ थान र दुलेगौँडा पोलिक्लिनिक दुलेगौँडामा १७ थान स्यानिटाइजर त्यस्तो स्यानिटाइजर भेटियो।

उत्पादन हुनु एक महिना अगाडी बजारमा भेटिएको ती स्यानिटाइजर जफत गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए। ‘मे महिनाको को उत्पादन मिती राखेर बजार ल्याइएको स्यानिटाइजर जफत गरेका छौँ’, उनले भने, ‘कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी गराईन्छ।’ एक दर्जन स्वास्थ्य संस्थामा अनुगमन गरिएको छ। अनुगमनमा प्रहरी, पत्रकारसंगै सरोकारवाला समेत सहभागी थिए।
 

 

प्रकाशित: ३० चैत्र २०७६ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App