७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटक आगमन भने दुई प्रतिशतले वृद्धि

काठमाडाैँ - यतिबेला देशका प्रमुख पर्यकीय क्षेत्रमा विदेशीको चहलपहल निकै पातलो छ। पाहुना अभावले होटलका कोठाहरू पनि रित्तै रहेको व्यवसायीको भनाइ छ। तर सरकारी तथ्यांकले अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक संख्या बढेको देखाएको छ।

गत फेब्रुअरीमा ७७ हजार ६४ विदेशी पर्यटक हवाईजहाजबाट नेपाल भित्रिएको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको हो। यो संख्या पोहोर फेब्रुअरीको तुलनामा दुई प्रतिशतले बढी हो। बोर्डका अनुसार यो वर्ष जनवरीमा हवाई मार्गबाट ६५ हजार नौ सय ८३ पर्यटक नेपाल भित्रिएका थिए। जनवरीको तुलनामा फेब्रुअरीको संख्या झण्डै १२ हजारले बढी हो। जनवरीमा हवाई र स्थलमार्गबाट गरी कुल ७९ हजार ६ सय ८६ पर्यटक नेपाल आएको तथ्यांक छ। यसमा विश्वका ३३ देशका पर्यटक छन्। विभागका अनुसार सन् २०१९ को फेब्रुअरीमा ७५ हजार ६ सय ३४ पर्यटक नेपाल भित्रिएका थिए।

ताजा तथ्यांक अनुसार एसियाली देशबाट मात्रै फेब्रुअरीमा २२ हजार ६ सय ६३ पर्यटक नेपाल आएका छन्। यो पोहोर फेब्रुअरीको तुलनामा १० प्रतिशतले बढी हो। गएको फेब्रुअरीमा भारतबाट आउने पर्यटक संख्यामा भने कमी देखिएको छ। पोहर १७ हजार ६ सय १५ भारतीय फेब्रुअरीमा हवाईमार्गबाट नेपाल आएकोमा यो वर्ष १६ हजार ६ सय १५ जनामात्र आए। त्यस्तै, बंगलादेशबाट आउने पनि बढेका छन्। पोहोर त्यहाँबाट एक हजार पाँच सय ५३ जना आएकामा यसपालि उक्त संख्या दुई हजार एक सय दुई पुगेको छ। पाकिस्तानबाट गत वर्ष तीन सय ५७ पर्यटक नेपाल आएकामा यो वर्ष चार सय ५१ जना आए। भुटानबाट पोहोर सात सय ४० जना आएकामा यसपालि तीन सय ५० आएको विभागको तथ्यांकले देखाउँछ।

त्यस्तै, श्रीलंकाबाट गत वर्ष दुई सय ६१ पर्यटक नेपाल आएकोमा यो वर्ष उक्त संख्या तीन हजार दुई सय दुई पुगेको छ। एसियाका अन्य देशमा चीनबाट आउनेको संख्या पोहोरको तुलनामा निकै कम छ। गत वर्ष १४ हजार एक सय ६१ चिनियाँ पर्यटक नेपाल आएकोमा यो वर्ष तीन हजार दुई सय ८५ जना मात्रै आए। जापानबाट पोहोर दुई हजार चार सय नौजना आएकोमा यो वर्ष दुई हजार ६ सय ३५ जना प्रवेश गरेको देखिन्छ। मलेसियाबाट अघिल्लो वर्ष एक हजार पाँच सय ४८ पर्यटक नेपाल आएकोमा यो वर्ष एक हजार पाँच सय ३६ मात्र आएको देखिन्छ। दक्षिण कोरियाबाट आउने पर्यटकको संख्या भने यो वर्ष ३७ प्रतिशत घटेको छ। पोहर दुई हजार सात सय पाँच कोरियाली नेपाल आएकोमा यो वर्ष एक हजार सात सय दुई कोरियाली मात्र आएका छन्। ताइपेईबाट गत वर्ष ११ सय ५४ पर्यटक नेपाल आएकोमा यो वर्ष चार सय ३६ मात्रै आएका छन्।

पोहोर फेब्रेवरीमा हवाईमार्गबाट ७५ हजार ६ सय ३४ विदेशी नेपाली आएकोमा यसपालि ७७ हजार ६४ जना आएका छन्।

म्यानमारबाट आउने पर्यटक भने यो वर्ष निकै बढेका छन्। पोहर त्यहाँबाट एक सय १४ जना आएकामा यो वर्ष पाँच हजार तीन सय ५३ जना आएका छन्। थाई पर्यटक संख्या समेत यो वर्ष उल्लेख्य बढेको देखिन्छ। गत वर्ष आठ सय ७२ जना आएकोमा यो वर्ष पाँच हजार आठ सय दुईजना आए। त्यस्तै, युरोपेली देशबाट आउनेको संख्यामा यो वर्ष गिरावट आएको देखिन्छ। अधिल्लो वर्ष १५ हजार सात सय ८९ युरोपेली नेपाल आएकोमा यो वर्ष १४ हजार आठ सय ११ मात्रै आएको देखिन्छ। धेरै पर्यटक आउने युरोपका देशमध्ये फ्रान्सबाट आउनेको संख्या बढेको छ। गत वर्ष फेब्रुअरीमा एक हजार ६ सय ३४ फ्रान्सेली हवाई मार्गबाट नेपाल आएकामा यो वर्ष एक हजार नौ सय ४० आएका छन्।

पर्यटक
जर्मनीबाट गत वर्ष दुई हजार आठ सय ९५ जना आएकामा यो वर्ष दुई हजार चार सय ४८ जना आएको तथ्यांक छ। इटालीबाट यो वर्ष ६ सय ५३ पर्यटकमात्र नेपाल आएका छन्। गत वर्ष फेब्रुअरीमा यो संख्या आठ सय ८१ थियो। त्यसैगरी, नेदरल्यान्डसबाट पोहोर एक हजार ६२ जना आएकामा यो वर्ष नौ सय ९४ जना आएको देखिन्छ। बेल्जियमबाट गत वर्ष सात सय ४० आएकामा यो वर्ष घटेर चार सय ६२ मा सीमित भएको छ। स्पेनबाट आउनेको संख्या पोहोरको ६ सय ३१ घटेर ६ सय १९ कायम भएको छ। बेलायतबाट पोहोर चार हजार आठ सय ३५ जना आएकोमा यो वर्ष चार हजार सात सय ३२ जना आएका छन्। अस्ट्रेलियाबाट गत वर्ष दुई हजार पाँच सय ६३ आएकामा यो फेब्रुअरीमा दुई हजार चार सय पाँचजना आएको देखिन्छ।

गत वर्ष अमेरिकाबाट ६ हजार दुई सय २६ जना आएकामा यो वर्ष बढेर ६ हजार चार सय ४२ पुगेको छ। क्यानडाबाट पोहोर एक हजार दुई सय ९२ जना आएकोमा यो वर्ष एक हजार एक सय ६८ जना आएको देखिन्छ। विभागका अनुसार फेब्रुअरीमा स्थलमार्गबाट २४ हजार तीन सय ३६ विदेशी नेपाल भित्रिएका छन्। स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नागरिक कुनकुन देशका हुन् भन्ने यकिन तथ्याङ नभए पनि अध्यागमनका वीरगन्ज, काँकरभित्ता, भैरहवा,गड्डाचौकी, नेपालगन्ज, धनगढी र रसुवा नाकाबाट उक्त संख्यामा पर्यटक नेपाल भित्रिएको जनाइएको छ। गत वर्ष सन् २०१९ मा विश्वका विभिन्न देशबाट ११ लाख ९७ हजार एक सय १९ पर्यटक नेपाल आएका थिए, उक्त संख्यामा सबैभन्दा धेरै भारतीय थिए। गत वर्ष हवाई मार्गबाट नेपाल आउने भारतीय दुई लाख ५४ हजार, चिनियाँ एक लाख ६८ हजार र अमेरिकी ९३ हजार रहेको सरकारी तथ्यांक छ।

श्रम
विभागले कतारको रोजगारीमा जानेलाई दुई वर्षको श्रम स्वीकृति दिने गर्छ। श्रम स्वीकृति जारी भएको संख्याको आधारमा चालु आर्थिक वर्षको सबभन्दा ठूलो गन्तव्य कतार हो। चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) करिब तीन लाख ४० हजारले श्रम स्वीकृति निकाल्दा कतार रोजगारीमा जाने ६० हजार हाराहारीमा श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ। यस्तै, यसअघि गइसकेकामध्ये हाल कतारमा करिब चार लाख कार्यरत रहेको अनुमान छ। विभागले वैदेशिक रोजगारीमा जानेको मात्रै विवरण राख्ने तर फर्कर्नेको विवरण राख्न थालेको करिब एक महिनामात्रै भएकाले गन्तव्य मुलुकमा रहेका कामदारको संख्यालाई अनुमान गर्ने गरिन्छ।

विभागका महानिर्देशक दहालले अर्को सूचना नआउँदासम्म श्रम स्वीकृति जारी नहुने बताए। यसअघि कुवेतले पनि नेपाली कामदारलाई प्रतिबन्ध लगाइसकेको छ। त्यस्तै दक्षिण कोरियाको हकमा भने विभागले हवाई उडानको तालिकालाई एक महिना पछि सारेको छ। कतारमा हालसम्म तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष ०७५/७६ मा नयाँ र पुराना गरी पाँच लाख आठ हजार आठ सय २८ ले श्रम स्वीकृति निकाल्दा सबभन्दा बढी एक लाख ६१ हजार दुई सय १५ रोजगारीका लागि कतार पुगेका थिए। हाल श्रम स्वीकृति निकालेर वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन्। ती मुलुकबाट आउने रेमिटेन्सको हिस्सा ७५ प्रतिशत हाराहारी रहँदै आएको छ। आर्थिक वर्ष २०७५/७६ मा नेपालमा आठ खर्ब ७९ अर्ब रूपैयाँ रेमिटेन्स आएको थियो।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे स्वास्थ्यका कारण कतार लगायतका गन्तव्य मुलुकले प्रवेशमा रोक लगाएपछि श्रमिकको सुरक्षाका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूताबास सक्रिय हुनुपर्ने बेला आएको बताउँछन्। कतिपय व्यक्ति भने चीनबाट जसरी विद्यार्थीलाई उद्धार गरियो त्यसरी कोरोना फैलिएका मुलुकबाट पनि श्रमिकको उद्धार गर्नुपर्ने तर्क गर्छन्। ‘चीनमा अध्ययन गर्न गएका विद्यार्थी र कतार लगायतका मुलुकमा काम गर्न गएका श्रमिकको स्वास्थ्य अवस्था एउटै हो,’ एक व्यवसायीले भने, ‘त्यसैले सरकारले कोरोना प्रभावित खाडी लगायत जुनसुकै मुलुकमा रहेका नागरिकको स्वास्थ्यमा समस्या आउन नदिन चनाखो भएर काम गर्नुपर्‍यो।’

अन्तर्राष्ट्रिय
चीनबाहेक अन्य गन्तव्यका उडान कटौती भएको छैन। तर स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दोहा उडान मंगलबारदेखि स्थगन गरेका छन्। कतार एयरवेजको नेपाल उडान भने नियमित छ। कतारले दैनिक तीन उडान गरिरहेको विमानस्थलले जनाएको छ। भारतको नयाँदिल्ली लगायत गन्तव्यको उडान पनि नियमित छ। मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन्। हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब चार अर्ब ह्रास आउने वायुसेवा सञ्चालक संघले फागुन २३ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विश्वव्यापी रूपमा कोरोना संक्रमण फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालको नागरिक उड्डयन क्षेत्रमा परेको छ। विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायुसेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी सुरु गरिसकेका छन्। मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको तथा ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको व्यवसायीको भनाइ छ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App