coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तरकारी बजार अलपत्र

उद्घाटन भएको वर्ष दिन बितिसक्दा पनि सञ्चालनमा नआएपछि सुनसान विराटनगरस्थित आधुनिक तरकारी बजार। तस्बिर: विनोद/नागरिक

विराटनगर - मोरङको कटहरीमा निर्माण भएको अत्याधुनिक पूर्वाधारसहितको तरकारी बजार अलपत्र परेको छ। विराटनगरको गुद्रीबजार स्थानान्तरणका लागि निर्माण गरिएको तरकारी बजारमा गुद्रीका व्यापारी जान नमानेपछि आधुनिक तरकारी बजार अलपत्र परेको हो।

परम्परागत रुपमा सञ्चालन हु“दै आएको गुद्री बजारलाई व्यवस्थित पार्न आधुनिक पूर्वाधारयुक्त तथा व्यवस्थित तरकारी बजार विराटनगर महानगरपालिका र कटहरी गाउ“पालिकाको सीमास्थित सिंघिया खोलाको किनारमा निर्माण गरिएको थियो। उक्त तरकारी बजार गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। संघीय सरकार अन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारी बजार निर्माण गरेको थियो।

विराटनगर महानगरपालिका र कटहरी गाउ“पालिकाको पहलमा बजार निर्माण गरिएको भए पनि संघीय सरकारले प्रदेश सरकारलाई बजार हस्तान्तरण गरेपछि दुवै स्थानीय तह असन्तुष्ट छन्। विराटनगर महानगरपालिका र कटहरी गाउ“पालिकाले प्रदेश सरकार मातहतको बजार भएकाले सञ्चालनका लागि प्रदेश सरकारले नै जिम्मेवारी लिनुपर्ने बताउ“दै आएका छन्।

तरकारी बजार उपयुक्त स्थानमा नभएको र प्रयाप्त पूर्वाधारसमेत नभएको भन्दै गुद्री बजारका व्यापारीले नया“ तरकारी बजारमा नजाने स्पष्ट पारिसकेका छन्। विराटनगर महानगरपालिकाले गुद्री बजार खाली गर्न सूचना निकालेपछि गुद्रीका व्यापारीले वैकल्पिक बजारसमेत निर्माण गर्न थालेका छन्। विराटनगरको बसपार्क पश्चिमतर्फको खाली जग्गा भाडामा लिएर नया“ तरकारी बजारको संरचना व्यापारी आफैंले निर्माण सुरू गरेका हुन्। नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालासँग तीन बिघा जग्गा भाडामा लिएर गुद्रीका व्यापारीले आफ्नै लगानीमा तरकारी बजार निर्माण सुरू गरेका हुन्।

व्यापारीले आफैं नया“ ठाउँमा तरकारी बजार निर्माण गर्न थालेपछि १८ करोड रुपैया“  लगानीमा सरकारले निर्माण गरेको तरकारी बजार अलपत्र परेको हो। सरकारले गुद्रीका व्यापारीलाई सहभागी नगराई एकलौटी रुपमा तरकारी बजार निर्माण गरेका कारण बजार सञ्चालन हुन नसकेको व्यवसायी बताउँछन्। स्थानीय आवश्यकता र मागका आधारमा विकासका काम सञ्चालन गर्नु पर्नेमा कमिसनका लागि मात्रै सरकारी निकायले जबर्जस्ती तरकारी बजार निर्माण गरी सञ्चालनको प्रयासमा लागेकाले आफूहरू सरकारले बनाएको तरकारी बजारमा जान नसकेको गुद्री बजार व्यवस्थापन समितिका सचिव साहव अहमत गुड्डुले बताए। उनले भने, ‘सरकारले बनाएको तरकारी बजार व्यवसायीका लागि उपयुक्त छैन भनेर बारम्बार खबरदारी गरे पनि कसैले सुनेनन्।’ खोला किनाराको बजार भएकाले ठूलो बाढी आउ“दा डुवानमा पर्ने, ठूला मालबाहक सवारीसाधन सञ्चालनका लागि आवश्यक पूर्वाधार नभएको र व्यवसायी तथा उपभोक्तालाई पायक पर्ने ठाउँमा नभएकाले आफूहरू नयाँ तरकारी बजारमा जान नसकेको व्यापारीले बताएका छन्।

यता भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालय प्रदेश १ ले भने तरकारी बजार सञ्चालनमा आउने दाबी गर्दै आएको छ। मन्त्रालयका योजना महाशाखा प्रमुख तथा तरकारी बजार व्यवस्थापन समितिका सदस्य सचिव पशुपति पोखरेलले तरकारी बजार सञ्चालन हुने दाबी गरेका छन्। ‘गुद्रीका व्यापारी नगए अन्य व्यापारीलाई बजारमा भिœयाएर भए पनि तरकारी बजार सञ्चालन गरिन्छ,’ उनले भने। तर, आफैंसम्म गुद्रीका व्यापारीलाई नै अग्राधिकारसहित आधुनिक तरकारी बजारमा ल्याउने प्रयास निरन्तर रहेको उनले बताए। पोखरेलका अनुसार तरकारी बजार सञ्चालन निर्देशिकामा थोकको ८० प्रतिशत र खुद्राको ७० प्रतिशत स्टल गुद्रीका व्यापारीलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। गुद्रीका व्यापारी आउने आशामा अझैसम्म सरकारले पर्खिरहेको पोखरेलले बताए। उनका अनुसार गुद्रीका व्यापारी अर्को बजार निर्माण गरेर गएपछि सर्वसाधारणका लागि सबै स्टलको बुकिङ खुला गर्ने सरकारको तयारी छ। उनले भने, ‘प्रदेशमा तरकारीको व्यापार गर्ने गुद्रीका २०–२२ व्यापारी मात्रै छैनन् होला।’

तरकारी बजार सञ्चालनका लागि कात्र्तिकका कटहरी फलफूल, तरकारी थोकबजार सञ्चालन समिति गठन गरिएको थियो। प्रदेश १ को कृषि विकास निर्देशनालय प्रमुखको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेर बजार सञ्चालनको प्रयास थालिए पनि अझैसम्म सफलता मिलेको छैन। आधुनिक पूर्वाधारसहितको तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पाउने व्यवस्था गरिएको छ। तरकारी बजारमा बैंकिङ सेवा, खानेपानी, विद्युत्लगायत सबै किसिमका सुविधा उपलब्ध छन्। तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ। बजारमा एक हजार चार सय ८८ स्क्वायर मिटरका १७ वटा होलसेल पसल छन्।

यस्तै तीन सय ५१ स्क्वायर मिटरमा रिटेल बजार निर्माण गरिएको छ। अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन्। किसानका लागि एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ। बजारलाई सफा र सुन्दर राखिराख्न फोहोर व्यवस्थापनको पक्षलाई पनि विचार पु¥याइएको छ। तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ। बजारमा पानी आपूर्तिका लागि  फिल्टरसहितको डिप ट्युवेल, बत्तीका लागि जेनेरेटरका साथै सोलारको व्यवस्था  पनि गरिएको छ। बजार निगरानीका लागि सिसी क्यामेरासमेत जडान गरिएको छ। बजारमा अन्डरग्राउन्ड फायर फारिङको व्यवस्था पनि गरिएको छ। बजारको क्षमता दैनिक ४४ हजार नौ सय ६६ मेट्रिकटन तरकारी र आठ हजार सात सय तीन मेट्रिकटन फलफूल बिक्री गर्न सकिने छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App