८ वैशाख २०८१ शनिबार
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटर दुई रुपैयाँ घटाएको हो। निगमले निर्धारण गरेको नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा विक्री मूल्य लिटरको एक सय आठ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ कामय गरिएको छ।

नयाँ मूल्य सोमबार रातीबाट कार्यान्वयन भएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। एलपी ग्यास र हवाई ईन्धनको मूल्य यथावत राखिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App