६ वैशाख २०८१ बिहीबार
अर्थ

अर्थसचिवमा ढुंगाना

काठमाडौं – सरकारले राजस्व सचिव शिशिरकुमार ढुंगानालाई अर्थसचिव बनाएको छ। ढुंगानाले बिहीबार अर्थ सचिवको जिम्मेवारी सम्हालेका छन्।

लामो समयदेखि अर्थ मन्त्रालयका विभिन्न निकायमा काम गरेको अनुभव ढुंगानासँग छ। यसअघि उनले दुईपटक राजस्व सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। व्यवस्थापनमा स्नाकोत्तर ढुंगाना २०५२ सालमा नायब सुब्बाबाट सेवा प्रवेश गरेका हुन्। २०५४ मा अधिकृत बनेका उनी उपसचिव, सहसचिव हुँदै २०७३ मा सचिव बने। यसअघि भन्सार विभागको महानिर्देशक र अर्थमन्त्रालय अन्तर्गतका विभिन्न शाखा र महाशाखा प्रमुखको रुपमा काम गरेको अनुभव उनीसँग छ।

अर्थसचिवको जिम्मेवारी सम्हालेपछि ढुंगानाले मुलुकको अर्थतन्त्रमा आफूले योगदान पुर्‍याउने प्रतिक्रिया दिए। ‘नीति निर्माण तहमा महत्वपूर्ण भूमिका निर्वाह गर्छु,’ ढुंगानाले बिहीबार नागरिकसँग भने, ‘सरकारले दिएको जिम्मेवारी अनुसार मुलुकको आर्थिक समृद्धिका लागि योगदान गर्छु।’

लगानीको क्षेत्र विस्तार गर्ने, गुणस्तरीय खर्चलाई प्रोत्साहन गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वातावरण तयार गर्ने उनले बताए। सरकारले राजस्वको लक्ष्य प्राप्ति गर्न नसकेको अवस्थामा ढुंगानाले राजस्व संकलनका लागि प्रगतिशील कर नीति अवलम्बन गर्ने बताए।

प्रकाशित: २ फाल्गुन २०७६ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App