१६ चैत्र २०८० शुक्रबार
अर्थ

अधिकांश बैँकको नाफा सामान्य बढ्यो

काठमाडाैँ - आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका केही बैँकहरुको नाफा सामान्य बढेको छ। हालसम्म वित्तीय विवरण सर्वाजनिक गरेका एक दर्जन बैँकमध्ये तीन बैंकको नाफा घटेको छ।

चालु आवको दोस्रो पुस मसान्तसम्म नेपाल बैँक, सिद्धार्थ बैँक र सिटिजन्स बैँकको नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएको हो। गत आवको तुलनामा चालु आवमा कर्जा लगानीमा वृद्धि नभएका कारण बैँकको नाफा घटेको राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। निक्षेप संकलन र कर्जा लगानीको सन्तुलन नमिलेका कारण बैँकहरुले ग्राहकसँग लिन ब्याजदर घटाएका छन् भने दिने ब्याजदर बढाएका छन्। चालु आवको ६ महिनाको अवधिमा बैँकको नाफा सामान्य बढेको उनले बताए।

नेपाल राष्ट्र बैँकले स्प्रेड दरमा कडाइ गरी रेट गणना विधि नै परिमार्जन गरेका कारण बैँकको नाफा घटेको उनले बताए। चालु आवको पुस मसान्तसम्म एनआइसी एसिया बैंकले ३३ प्रतिशतले खुद नाफा बढाएको छ। बैँकले सो अवधिमा दुई अर्ब एक करोड खुद नाफा गरेको जनाएको छ। चालु आवको ६ महिनाको अवधिमा १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैँकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैँकको खराब कर्जा ०.४६ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ४१.६१ रुपैयाँ रहेको बैँकले जनाएको छ।

नेपाल राष्ट्र बैँकले स्प्रेड दरमा कडाइ गरी रेट गणना विधि नै परिमार्जन गरेका कारण बैँकको नाफा घटेको हो।

त्यसैगरी, प्राइम कमर्सियल बैंकले चालु आवको पुस मसान्तसम्म २२.६१ प्रतिशतले नाफा वृद्धि गरेको छ। बैँकले सो अवधिमा करिब एक अर्ब ३० करोड सात लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ। बैँकले सो अवधिमा ८० अर्ब ३५ करोड ३५ लाख निक्षेप संकलन गरी करिब ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैँकको खराब कर्जा १.४५ प्रतिशत रहेको छ। बैँकको चुक्ता पुँजी नौ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ। बैँकको ब्याजदर अन्तर (स्प्रेड रेट) ५.११ प्रतिशत रहेको छ भने आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी २६.८६ रुपैयाँ रहेको बैंकले जनाएको छ।

सानिमा बैंकले पुस मसान्तसम्म १४.८४ प्रतिशतले खुद नाफा बढाएको छ। करिब एक अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुद गरेको बैँकले जनाएको छ। पुस मसान्तसम्म आठ अर्ब ८० करोड १३ लाख चुक्ता पुँजी रहेको बैंकले सो अवधिमा करिब ९९ अर्ब ३० करोड निक्षेप संकलन गरी करिब ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खराब कर्जा बढेर ०.४१ प्रतिशत रहेका छ। ५.०४ प्रतिशत स्प्रेड रेड रहेको बैँकको आधार ब्याजदर ९.२९ प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २६.१५ रुपैयाँ रहेको छ। त्यसैगरी, लक्ष्मी बैंकले चालु आवको पुस मसान्तसम्म २४.७६ प्रतिशतले नाफा बढाएको छ। सो अवधिमा बैँकले ९० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

करिब नौ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले सो अवधिमा करिब ८८ अर्ब २३ करोड निक्षेप संकलन गरी करिब ८५ अर्ब पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा ०.८८ प्रतिशतमा झरेको छ। स्प्रेड रेट ४.२३ प्रतिशत रहेको बैँकले आधार ब्याजदर १०.०९ प्रतिशत रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ। माछापुच्छ्रे बैंकले दोस्रो त्रैमासको अवधिमा करिब चार करोड नाफा बढाएको छ। गत आवको करिब ७८ करोड नाफा गरेको बैँकले चालु आवको सोही अवधिमा करिब ८२ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ। चुक्ता पुँजी आठ अर्ब ४५ करोड रहेको बैँकले सो अवधिमा करिब ९७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैँकको खराब कर्जा ०.४५ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी १९.३७ रुपैयाँ रहेको छ। त्यस्तै एभरेस्ट बैंकको नाफा ५.५९ प्रतिशतले बढेको छ। सो अवधिमा बैँकले करिब एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले सो अवधिमा करिब एक खर्ब ४१ अर्ब निक्षेप संकलन गरेको छ भने एक खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। चुक्ता पुँजी आठ अर्ब ५१ करोड रुपैयाँ रहेको बैँकको खराब कर्जा ०.१६ प्रतिशत रहेको छ। सनराइज बैंकले चालु आवको दोस्रो त्रैमासको अवधिमा करिब १५ रुपैयाँले नाफा बढाएको छ। बैँकले सो अवधिमा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आठ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले सो अवधिमा ८२ अर्ब १५ करोड निक्षेप संकलन गरी करिब ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैँकको खराब कर्जा १.६९ प्रतिशत रहेको छ। बैँकको स्प्रेड रेट ५.१४ प्रतिशत र बेस रेट ९.९९ प्रतिशत रहेको छ। त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ रहेको छ। कुमारी बैंकले चालु आवको ६ महिनामा साढे १९ प्रतिशत नाफा बढाएको छ। सो अवधिमा करिब ८० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैँकले जनाएको छ। चुक्ता पुँजी नौ अर्ब ५५ करोड रहेको बैंकले सो अवधिमा ८० अर्ब ६७ करोड निक्षेप संकलन गी करिब ८० अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ। बैँकको खराब कर्जा १.०४ प्रतिशत कायम भएको छ। बैँकको स्प्रेड रेट ४.३७ प्रतिशत र बेस रेट १०.४५ प्रतिशत रहेको छ। बैँकको प्रतिसेयर आम्दानी १६.७६ रुपैयाँ छ।

त्यसैगरी, सिद्धार्थ बैंकको नाफा करिब चार करोड रुपैयाँले घटेको छ। बैँकले सो अवधिमा एक अर्ब दुई करोड रुपैयाँ खुद नाफा गरेको छ। चालु आवको पुस मसान्तसम्ममा करिब नौ अर्ब ७८ करोड ७७ चुक्ता पुँजी रहेको बैंकले सो अवधिमा करिब एक खर्ब २६ अर्ब ५४ करोड निक्षेप संकलन गरी करिब एक खर्ब १८ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा १.५५ प्रतिशत छ। बैंकको प्रतिसेयर आम्दानी २१.५७ रुपैयाँ रहेको छ। त्यसैगरी, सनराइज बैंकले चालू आवको ६ महिनाको अवधिमा १५ करोड रुपैयाँले नाफा बढाएको छ। करिब आठ अर्ब ९६ करोड चुक्ता पुँजी रहेको बैँकले सो अवधिमा ८२ अर्ब १५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैँकको खराब कर्जा १.६९ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ रहेको छ। कुमारी बैंकले गत आवको तुलनामा साढे १९ प्रतिशत वृद्धि गर्दै चालू आवको दोस्रो त्रैमासमा ८० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ। चुक्ता पुँजी नौ अर्ब ५५ करोड रहेको बैंकले सो अवधिमा ८० अर्ब ६७ करोड निक्षेप संकलन गरी कबि ८० अर्ब ९२ करोड कर्जा लगानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको  छ। बैंकको खराब कर्जा १.०४ प्रतिशत छ। प्रतिसेयर आम्दानी १६.७६ रुपैयाँ रहेको बैँकले जनाएको छ। त्यस्तै सिटिजन्स बैंकको नाफा करिब आठ करोड रुपैयाँलो घटेको छ। बैंकले सो अवधिमा करिब ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ।

करिब आठ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको बैंकले सो अवधिमा करिब ७५ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब नौ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ। खराब कर्जा ०.९९ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी १५.९५ रुपैयाँ रहेको छ। नेपाल बैंकले चालु आवको पुस मसान्तसम्म १८.६ प्रतिशतले खुद नाफा घटेको छ। सो अवधिमा बैँकले एक अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। करिब नौ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकले करिब एक खर्ब १७ अर्ब १२ करोड निक्षेप संकलन गरी ९८ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। खराब कर्जा २.६६ प्रतिशत रहेको बैँकको स्प्रेड रेट ४.४४ प्रतिशत र आधार ब्याजदर ७.८२ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी २७.५७ रुपैयाँ रहेको बैँकले जनाएको छ।

प्रकाशित: २८ माघ २०७६ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App