coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

शोभा यात्रासहित तेस्रो गैडाकोट महोत्सव सुरु

गैडाकोट- उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरको आयोजनामा तेस्रो गैडाकोट महोत्सव २०७६ आजबाट सुरु भएको छ। शोभा यात्रा सम्पन्न गरी महोत्सवको उद्घाटन गरिएकाे छ। शोभा यात्रामा विभिन्न संघसंस्थाका व्यानरसहित हजारौँको सहभागिता रहेको जनाइएको छ। आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैडाकोट महोत्सव मूल मन्त्रसहित सुरु भएको महोत्सवको शोभा यात्रा सुरु गरिएको थियो।

जिल्ला र संघलाई देशैभर चिनाउन यस पटक विशेष आकर्षणहरु थपिएको जनाइएको छ। विशेष गरी स्थानीय उत्पादनलाई जोड दिइएको महोत्सवमा ३५० वटा स्टल राखिएको छ। महोत्सवका अन्य मुख्य आकर्षणहरुमा लण्डन व्रिजको कृत्रिम आकृतिसहितको प्रवेशद्धारा र सेल्फी जोनमा बुर्ज खालिफा राखिएका छन्। महोत्सवमा यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका महामन्त्री डा. शसांक कोइरालाले उद्घाटन गरेको आयोजक उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष एवम् महोत्सवका मुल आयोज समितिका संयोजक अमृत भट्टचनले जानकारी दिए।

माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत थप ऊर्जा थप्ने भट्टचनले बताए। कृषि, पर्यटनलाई विशेष जोड दिई सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुतीसँगै रसिय वेली डान्स, दैनिक नारायणी नदीमा वोटिङ आदि रहेका छन्।

प्रकाशित: १५ माघ २०७६ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App