coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ड्रागन फ्रुट खेतीबारे अभिमुखीकरण

ड्रागन खेतीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिकाका किसान।

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ड्रागन फ्रुटको खेती सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। ड्रागन खेतीको सम्भाव्यतालाई ध्यानमा राखेर नगरपालिकाले २८ किसानलाई सोमबार एकदिने अभिमुखीकरण कार्यक्रम गरेको हो।

नगरपालिकाभित्रका सुक्खाग्रस्त क्षेत्र घोषित ठाउँमा ड्रागन फ्रुटको खेती गर्न सकिने सम्भाव्यता अध्ययनका लागि किसानलाई तालिमको व्यवस्था गरिएको नगरपालिकाका उपमेयर बिमला राईले बताइन्। ‘ड्रागन फ्रुट पानीको अभाव भएको सुक्खा ठाउँमा उत्पादन हुने फल हो,’ उपमेयर राईले भनिन्, ‘यस ठाउँमा पनि ड्रागन फ्रुटको सम्भावना देखेर अभिमुखीकरण सञ्चालन गरिएको हो। परिक्षणका रुपमा ड्रागन फ्रुटको खेती लगाउन लागेका हौं।’ परीक्षण सफल भए आगामी दिनमा प्राथमिकताका साथ ड्रागन फ्रुटको खेती विस्तार गरिने गाउँपालिकाले जनाएको छ।

अभिमुखीकरणमा सहभागी किसानलाई ड्रागन फ्रुटको परिचय, रोप्ने मौसम, रोप्ने, गोलमेल गर्ने तरिका, हेरचाह लगायत विधिबारे जानकारी दिइएको छ। ड्रागन फ्रुटको खेती परीक्षणका लागि किसानलाई ६–६ बोटबिरुवा वितरण गरिएको छ। तालिममा सहभागी किसानलाई कृषि अभियान्ता शुभचन्द्र राई र नेपाल कृषि सेवा विकास कार्यक्रमका स्थानीय कृषि संयोजक रोश्ना कार्कीले ड्रागन फ्रुटको खेतीबारे किसानलाई सहजीकरण गरेका थिए।

प्रकाशित: २९ पुस २०७६ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App