coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

बागलुङ- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

बागलुङ उद्योग वाणिज्य संघले शुक्रबारदेखि सुरु गरेको छैठौं बागलुङ महोत्सवको उद्घाटनमा सहभागी हुन गृहजिल्ला आएका ढकालले महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को महाधिवेशनबाट स्वतः अध्यक्षमा चुनिने भएका कारण पनि वरिष्ठ उपाध्यक्षका लागि निकै प्रतिस्पर्धा हुने गर्छ।

‘म देशका विभीन्न जिल्लाहरुमा पुग्दा साथीहरुले आगामी नेतृत्वकालाई मलाई आग्रह गर्नुभएको छ,’ ढकालले भने,‘यहाँ बागलुङ उद्योग वाणिज्य संघले प्रस्ताव गरेपछि धेरै जिल्ला नगर तथा केन्द्रीय सदस्य साथीहरुले त्यसलाई समर्थन गर्नुभयो। मैले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी स्वीकार गरेको जानकारी गराउँछु।’ अहिले उम्मेदवारीको बेलामा जस्तै आगामी चैतमा हुने महासंघको निर्वाचनमा पनि साथ दिन ढकालले आग्रह गरे। ‘अहिले तपाईहरुको साथ पाएर म उत्साहित भएको छु,’ उनले भने,‘आगामी चैतमा महासंघको महाधिवेशन हुँदैछ। त्यस बेलामा पनि तपाईहरुको साथ पाउने अपेक्षा गरेको छु।’ उपाध्यक्ष ढकालले आफु बागलुङको माटोमा जन्मेर उद्यागीको रुपमा अगाडि बढेको भन्दै बागलुङको विकासलाई आफुले पहिलो प्राथमिकता राख्ने बताए।

 ‘पर्यटन विकासमा यहाँको निकै ठूलो सम्भावना भएको क्षेत्र हो, हामीले के कुरामा लगानी गर्न सक्छौं भनेर छलफल पनि गरेका छौं, त्यसको निश्कर्ष आएपछि घोषणा गर्नेछौं,’ उनले भने। सामाजिक दायित्व अन्तर्गत पनि बागलुङमा विद्यालय, स्वास्थ्यचौकी लगायतका क्षेत्रहरुमा आफुहरुले लगानी गरेको ढकालको भनाई छ। तीन तहको सरकार निर्माण भएपछि काम गर्न चाहे पनि केही बाधाहरु रहेको ढकालले गुनासो गरे। ‘उद्योगलाई सरकारले पार्टनरको रुपमा लियो भने देश समृद्ध हुन धेरै समय लाग्दैन,’ उनी भन्छन्,‘अहिले तीन तहको सरकारबीचको समन्वयको अभावले व्यवसायीलाई लगानी गर्नका लागि समस्या भैरहेको छ।’ निजी क्षेत्रलाई सरकारले साझेदारको रुपमा अगाडि बढाउनुपर्ने उनको भनाई छ।

प्रकाशित: ११ पुस २०७६ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App